राप्रपा भित्र केन्द्रीय महाधिवेशनको माग तीव्र

काठमाडौं,२९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले हालै सम्पन्न संसदीय निर्वाचनमा भएको कमजोर प्रदर्शनपछि नेतृत्वको भूमिका माथि गम्भीर प्रश्न उठाउँदै तत्काल महाधिवेशन गर्न माग गरेका छन् । २०७८ सालको एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको राप्रपा हालको निर्वाचनसम्म आइपुग्दा उल्लेखनीय रूपमा खुम्चिएको उनीहरूको निष्कर्ष छ ।

 

आइतबार जारी गरिएको साझा विज्ञप्तिमार्फत निर्वाचनअघि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई देशकै पहिलो शक्ति बनाउने दाबी गरे पनि नतिजा अपेक्षाविपरीत आएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । नेताहरूले निर्वाचन परिणाम सार्वजनिक भएको झण्डै डेढ महिना बितिसक्दा पनि पार्टीले असफलताको समीक्षा, आत्मालोचना तथा नैतिक जिम्मेवारी वहन नगरेको आरोप लगाएका छन्।

 

केन्द्रबाट स्पष्ट दिशानिर्देश नआएको भन्दै देशभरका कार्यकर्तामा निराशा बढ्दै गएको र पार्टी परित्याग गर्ने क्रमसमेत बढेको जनाइएको छ । त्यसैगरी, उपसभामुख निर्वाचनमा पार्टीले उम्मेदवारी दिने निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ । केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिमा पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै पार्टीको विधि, पद्धति र प्रजातान्त्रिक अनुशासनमाथि गम्भीर असर परेको बताइएको छ ।

 

यसैबीच, पार्टीलाई पुनर्जीवन दिन केन्द्रीय महाधिवेशनमार्फत ताजा जनादेश लिनुपर्ने माग गरिएको छ। चार वर्षे कार्यकाल सकिएर अतिरिक्त अवधिमा रहेको पार्टीले २०८३ जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेको सन्दर्भमा ढिलाइ नगर्न दबाब बढेको छ । नेता–कार्यकर्ताहरूले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा तथा पार्टीभित्र भएका गतिविधिको छानबिन गर्न समिति गठन गर्न माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता