कांग्रेसले वैशाख १ गतेदेखि देशभर ‘जरा अभियान’ सुरु गर्दै

काठमाडौं ३० चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिनु भएको छ ।

क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उहाँले सामाजिक संजालमार्फत प्रष्टिकरण दिनु भएको हो । उहाँले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाउनु भएको छ ।
‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।
अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ ।

विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।
त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु, पौडेलले सामाजिक संजालमा लेख्नु भएको छ ।
केही दिन अघि जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताउनु भएको थियो ।

आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै सभापति थापाले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गर्नु भएको छ । सदस्यता खारेजीको विषय आलोचित बनिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको