के थियो प्रहरी जवानकोे हत्याको कारण ?

रौतहट,३० चैत । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया हुनुहुन्छ् । उहाँ नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुनु हुन्थ्यो् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा चौर सियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौर सिया वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आउनु भएको थियो र उहाँ १० दिनको बिदा लिएर घर आउनु भएको थियो । प्रहरीले सो हत्यामा संलग्न भएको आशङ्कामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उहाँकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार हुनुहुन्छ् । घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने