युवापुस्तामा लोकप्रिय भिक्टर ओर्बानले कसरि गुमाए १६ वर्षपछि सत्ता ?

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको नाम । भिक्टरको नाम याद हुनुसँग वैश्विक राजनीतिको धार पनि जोडिन्छ । अर्थात्, भिक्टरको नाम लिँदा विश्वमा फैलिएको ‘लोकरिझ्याइँ राजनीति’सँग जोडिन्छ ।

 

राष्ट्रवादसँग बढ्ता नजिक देखिएर युरोपेली युनियन (ईयू)को नीतिसँग विमती मात्र होइन, चर्को आलोचक नै थिए भिक्टर । त्यही आलोचनाबाट उहाँ सत्तामा पुगेका थिए । सत्तामा पुगेका भिक्टर पछिल्ला दिनमा रुससँग नजिक मानिन्थे । एकतातिर पपुलिस्ट राजनीतिबाट उदाएको, अर्कातिर रुससँग सम्बन्ध विस्तार गरेको आरोपमा उहाँसँग ईयूका धेरै देशहरू असन्तुष्ट थिए । अमेरिकाले पनि आलोचना गरिरहेको थियो । तर, पछिल्लोपटक भिक्टरको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखिएका थिए ।

 

तर, अहिलेको चुनावमा ट्रम्पको समर्थन पाएका भिक्टर पराजित हुनु भएको छ् । १६ वर्षपछि उहाँले सत्ता गुमाउनु भएको छ । आइतबार सम्पन्न चुनावमा ईयूको पक्षमा वकालत गर्ने मध्यदक्षिणपन्थी नेता पिटर म्याग्यारलाई निर्वाचित भएका छन् ।

 

भिक्टर ओर्बानको शासन कालमा देशको अर्थतन्त्र सुस्त भएको र मंहगी बढेको भन्दै आलोचना भइरहेको थियो । त्यहीकारण उहाँको राष्ट्रवादी ‘फिडेज’ पार्टी पिटरको युरोप समर्थक ‘टिसा’सँग पराजित भएको हो ।

 

भिक्टरलाई युरोपमा कम्युनिस्ट विरोधी नेताको रूपमा पनि चिनिन्छ । खासगरी, शीतयुद्धकालमा उहाँ युरोपभित्र कम्युनिस्ट विरोधी छविले उदाउनु भएको थियो , त्यही उदयले पनि युरोपेली संघभित्र सबैभन्दा लामो समय सत्ता रहने नेताका रूपमा रहनु भयो ।

 

उहाँलाई समर्थकहरूले एक देशभक्त नायकको रूपमा व्याख्या गर्छन् । तर, विपक्षीहरू भने उहाँलाई हंगेरीलाई अधिनायकवादी बाटोमा डो¥याएको आरोप लगाउँछन् । यद्यपि, उहाँ पछिल्ला वर्षमा भने पपुलिस्ट राजनीतिका प्रर्वतक नै मानिनु हुन्थ्योे ।

 

बुडापेस्ट छेऊको एक गाउँमा सन् १९६३ मा भिक्टर जन्मिनु भएको थियो । उहाँले अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिक दर्शन पढ्नु भएको थियो । साथै, कानुनको पनि अध्ययन गर्नु भएको थियो । सन् १९९८ मा ३५ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री बन्नु भएको उहाँले सन् २००२ मा सत्ता गुमाउनु भएको हो ।

 

करिब आठ वर्ष प्रतिपक्षमा बसेका भिक्टर सन् २०१० मा बहुमतका साथ सत्तामा फर्किएका थिए । उनले हंगेरीको संविधान परिमार्जन गरेका थिए । उनीमाथि अनुदार लोकतन्त्र स्थापना गर्ने कानुन निर्माण गरेको आरोप लाग्ने गरेको छ ।

 

भिक्टरले संविधान र कानुन संशोधनमार्फत कार्यकारी शक्तिको केन्द्रीकरण मात्र गरेनन्, गैरसरकारी संस्था र प्रेस स्वतन्त्रतामाथिको अङ्कुश लगाए । अनि, न्यायपालिकाको स्वतन्त्रतामाथिको हस्तक्षेप पनि गरेका थिए । त्यसको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेको थियो । ईयूले पनि त्यसमा प्रश्न उठाएको थियो । कतिपय सन्दर्भमा भने ईयूले हंगेरीलाई दिने अर्बौं युरोको कोषसमेत रोक्का गर्ने निर्णय गरेको थियो ।यो शक्ति आर्जनको प्रयासका बाबजुत आइतबार रातिको नतिजाले भिक्टर ओर्बानको शक्तिलाई कमजोर बनाइदिएको छ, र विपक्षी दल पिटरको टिसाले बहुमत ल्याउने देखिएको छ । सुधारवादी अर्थात्, ईयूसँग निकट टिसाले बहुमत ल्याए भिक्टरले संशोधन गरेका कानुनलाई उहाँले पनि अनुकूल बनाउन सक्छन् ।

 

प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै हार स्वीकार्दै भिक्टर ओर्बानले समर्थकहरूलाई सम्बोधन गरेका छन् । उहाँले समर्थकलाई चुनावको परिणामले देश र राष्ट्रको भाग्यमा के अर्थ राख्छ भन्ने कुरा समयले मात्र बताउने दाबी गरेका छन् ।

 

सन् २०१५ को युरोपेली आप्रवासी संकटको समयमा ओर्बानले मध्यपूर्वबाट आएका मुस्लिम शरणार्थीहरूलाई स्वीकार गर्ने ईयूको कोटा प्रणालीलाई अस्वीकार गरेका थिए । साथै, उनको सरकारले एलजीबीटीक्यू अधिकार कटौती गरेको थियो ।

 

भिक्टरको सोही नीतिका कारण अमेरिकी राष्ट्रपति ट्रम्प, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र फ्रान्सकी मारिनले पेनजस्ता अनुदारवादी नेताहरूको प्रशंसा बटुलेको थियो । भिक्टर ओर्बानले प्रमुख ऊर्जा आपूर्तिकर्ता रुस र हंगेरीमा विद्युतीय सवारी र ब्याट्री प्लान्ट निर्माण गरेका थिए । साथै, चीनसँग नजिकको सम्बन्ध कायम राखेका थिए, जसको ईयूका देशहरूले विरोध जनाउँदै आएका थिए ।

 

चुनावको प्रचारप्रसारमा हंगेरीलाई युक्रेन युद्धबाट बचाउन आफ्नो पार्टी मात्रै सुरक्षित विकल्प भएको दाबी गरेका थिए । त्यसक्रममा उनले विपक्षी टिसाले युद्धमा धकेल्ने खतरा रहेको आरोप लगाइरहेका थिए ।

 

भिक्टर ओर्बानले युक्रेनलाई सहयोग गर्ने ईयूको ९० अर्ब युरोको राहत प्याकेज रोकेका थिए, जसले गर्दा ईयू साझेदारहरूलाई रुष्ट बनेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि उनको दूरी बढेको थियो । यो निर्णयलाई कतिपयले रुससँग निकट रहेको अर्थमा हेरेका थिए ।

 

तर, यतिबेला हंगेरीका नागरिक बिग्रदो आर्थिक अवस्था र खस्किदो स्वास्थ्य सेवाका कारण तनावमा थिए । त्यही तनाव र आक्रोश अहिले मतदानमा प्रकट भएको विश्लेषण पनि भइरहेको छ । रुस–युक्रेन युद्धपछि हंगेरी खराब मुद्रास्फीतिको सामना गरिरहेको छ । महंगीको मारमा रहेका हंगेरीका नागरिकलाई राहतका प्याकेज ल्याएर चुनावमा प्रभाव पार्न खोजेका भए पनि युवापुस्तामा भने भिक्टर अलोकप्रिय बन्दै गएको चुनावी सर्वेक्षणमा देखिएको थियो । त्यही सर्वेक्षणअनुसार नै अहिले नतिजा आएको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।