काठमाडौं,३० चैत । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नु भएको छ ।
सोमबार सभामुख अर्यालले उहाँहरूसँग भेटवार्ता गर्नु भएको हो ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गर्नु भएको थियो ।









