मानव बेचबिखन नियन्त्रणका लागि राष्ट्रिय प्रतिवेदन तत्काल कार्यान्वयन गर्न अध्यक्ष मगरको आग्रह

काठमाडौं,३० चैत । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताउनु भएको हो ।

 

उहाँले भन्न’ भयो,‘मानव ओसारपसार वा बेचबिखन गर्नु अपराध हो । त्यसैले यस किसिमको अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीले भन्ने सरकारलाई नै हो । सिफारिस गरेका कुराहरुको कार्यान्वयन सरकारले नै गर्ने हो । सरकाले जसरी पनि कार्यान्वयन गर्नैपर्छ ।’ त्यस्तै उहाँले मानव तस्करमा लागेकाहरुको तरिकाहरु पनि फरक हुँदै गएको बताउँदै विशेषगरी विपन्नता वर्गका मानिस आर्थिक प्रलोभनमा पर्ने गरेको धारणा राख्नु भयो। सो कारणले विपन्नता वर्गलाई कसरी आर्थिक रुपमा सवल बनाउने सरकारको ध्यान त्यतातिर जान आवश्यक रहेको बताउनु भयो ।

 

‘मानव तस्करमा लागेकाहको तरिकाहरु पनि फरक भइरहेको छ । प्रलोभन देखाउने ,फकाउने जस्तो भइरहेको छ । विपन्नता वर्गका भएर पनि आर्थिक प्रलोभनमा परेको देखिन्छ । त्यसैले आर्थिक रुपमा सरकारले कसरी सवल बनाउने त्यतातिर पनि ध्यान दिनुपर्छ ।’ अध्यक्ष मगरले ७७ जिल्ला मध्य ७० जिल्ला मानव बेचबिखनबाट पीडित रहेको जानकारी दिनु भयो । उहाँका अनुसार ३५१ जना प्रत्येक वर्ष मानव बेचबिखनमा परिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने