प्रवासी नेपालीहरु माथि विभेद भएको भन्दै सांसद तामाङको आपत्ति

काठमाडौं,२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालको वर्तमान कानुनी व्यवस्था, विशेषगरी नेपाल नागरिकता नियमावलीको पछिल्लो संशोधनप्रति गम्भीर आपत्ति जनाँउनु भएको छ। मंगलबार सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नियमावलीका केही प्रावधानहरूले प्रवासी नेपालीहरूलाई विभेद गरेको टिप्पणी गर्नु भएको छ ।

 

सांसद तामाङले नियमावलीको नियम ७ (क) र त्यससँग सम्बन्धित कार्यविधिहरूले विदेशको स्थायी बसोबास अनुमति (पिआर) त्यागेको तीन महिनापछि मात्र केही राजनीतिक तथा प्रशासनिक अधिकारका लागि योग्य हुने व्यवस्था राखिएको उल्लेख गर्दै यसले गम्भीर प्रश्न जन्माएको बताउनु भएको छ । ‘के विदेशमा बसेको नेपाली, स्वदेशमा बस्नेभन्दा कम नेपाली हो? भन्दै उहाँले प्रश्न उठाउनु भएको छ। उहाँले विदेशमा रहेका नेपालीहरूले बाध्यता वा अवसरका कारण देश छाडे पनि आफ्नो पहिचान र देशप्रतिको माया कहिल्यै नछोडेको उल्लेख गर्नु भएको छ ।

 

‘नेपाली राहदानी र नागरिकतालाई छातीमा टाँसेर, प्रवासको कठिन मरुभूमि होस् वा आधुनिक सहर, उहाँहरूले आफ्नो पसिनाले नेपालको अर्थतन्त्रलाई जीवनदान दिइरहनुभएको छ, उहाँले लेख्नु भएको छ। नेपालको संविधान को धारा १० ले कुनै पनि नेपाली नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित नगरिने स्पष्ट व्यवस्था गरेको भए पनि व्यवहारमा पिआर लिएकै आधारमा नागरिकहरूलाई शंकाको घेरामा राखिएको उहाँले आरोप लगाउनु भयो। ‘आफ्नै नागरिकलाई सेवा र अधिकारका लागि ‘पर्ख र हेर’ को नीति लादिनु न्यायोचित हुन सक्दैन,’ उहाँको भनाइ छ ।

 

सांसद तामाङले पिआर लिनु भनेको देश बिर्सिनु नभई जीवन र संघर्षलाई सहज बनाउने माध्यम मात्र भएको स्पष्ट पार्दै शरीर विदेशमा भए पनि मन, माया र पहिचान सधैं नेपालमै रहने बताउनु भयो । उहाँले रेमिट्यान्समार्फत देशको ढुकुटी भरिरहेका नागरिकलाई आफ्नै देशमा अधिकारका लागि समयसीमा तोक्नु अन्यायपूर्ण भएको धारणा व्यक्त गर्नु भयो ।

 

उहाँले सरकारको पछिल्लो प्रतिबद्धता पत्रमा पनि विदेशमा रहेका नेपालीहरूको कानुनी र व्यवहारिक समस्यालाई पर्याप्त रूपमा सम्बोधन नगरिएको भन्दै आश्चर्य व्यक्त गर्नु भयो । ‘हामीले देशभित्रका लागि योजना बनायौं, तर देशलाई आर्थिक रूपमा ओत दिइरहेका आधारस्तम्भहरूलाई किन बिर्सियौं?’ उहाँले प्रश्न गर्नु भयो।

 

आफू जनप्रतिनिधिको हैसियतमा राष्ट्रिय हितको रक्षा गर्नु प्राथमिक कर्तव्य भए पनि आफ्नै नागरिकलाई दोस्रो दर्जाको महसुस गराउने वा टाढा धकेल्ने व्यवस्था स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नु भयो । उहाँले प्रवासी नेपालीहरूलाई शंकाको दृष्टिले होइन, सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिइनु भएको छ ।

 

सांसद तामाङले अब कानुनलाई केवल अक्षरमा कडा नभई व्यवहारमा पनि न्यायपूर्ण बनाउनुपर्ने समय आएको उल्लेख गर्दै नीतिहरू प्रत्येक नेपालीको आत्मसम्मानमा झल्किनुपर्ने बताउनु भयो। ‘नेपाल यहाँ बस्नेको मात्र होइन, परदेशमा बसेर पनि मुटुभरि नेपाल बचाइराख्ने प्रत्येक नेपालीको हो,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच