प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको कडा प्रश्न ?

काठमाडौं,२ वैशाख । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीको मौनताप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नु भएको छ। उहाँले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइएको उल्लेख गर्दै चुनावपछि जनतालाई धन्यवाद दिन र परिवर्तनबारे सम्बोधन गर्नुपर्ने दायित्व पूरा नभएको बताउनु भएको छ । प्रधानमन्त्रीले संसदमा नबोली अधिवेशन अन्त्य गरेकोप्रति पनि उहाँले आपत्ति जनाउनु भएको छ।

 

बमले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत धारणा मात्र पर्याप्त नहुने भन्दै लोकतान्त्रिक व्यवस्थामा संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको अनिवार्य कर्तव्य भएको स्पष्ट पार्नु भएको छ।

 

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं । चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपथ्र्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो। हामी तपाईंको आवाज सुन्न चाहन्छौं। “कुरा कम, काम बढी” भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु पनि तपाईको कर्तव्य हो ।

 

लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ।जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।उहाँका अनुसार जनतालाई प्राविधिक समाधान मात्र नभई नेतृत्वको मनोवैज्ञानिक साथसमेत आवश्यक हुन्छ ।’

 

उहाँले प्रधानमन्त्रीलाई निजी शैलीमा शासन सञ्चालन गर्न नखोज्न सुझाव दिँदै आमनिर्वाचनबाट प्राप्त अवसरलाई संकुचित सोचले सीमित नगर्न आग्रह गर्नु भएको छ। साथै, आफूलाई असीमित ठान्ने विगतका नेतृत्वको गल्ती नदोहोरÞ्याउन पनि चेतावनी दिनु भएको छ् ।

 

उहाँले थप लेख्नु भएको छ, ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्। तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ। तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ। पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनु होला।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने