शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं,२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

 

भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।
सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गर्नु भएको छ।

 

यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गर्नु भएको छ।
भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’

 

राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताउनु भएको छ। उहाँले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’
(अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गर्नु भएको छ ।

 

राजदूत फेनले नेपाल सरकारको अटिजम स्कुल सञ्चालन गर्ने योजनालाई उच्च सराहना गर्दै त्यसका लागि आवश्यक पर्ने विशेषज्ञता र सहयोगका क्षेत्रहरू पहिचान गरी अघि बढ्न बेलायत उत्सुक रहेको प्रतिबद्धता जनाउनु भएको छ ।
भेटमा दुवै पक्षले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने र शिक्षाका क्षेत्रमा तय गरिएका नयाँ लक्ष्यहरूलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने