चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको अगुवाईमा बुधबार झापाको भद्रपुर, बिर्तामोड, हल्दिबारीलगायतलका पालिकामा रोड सो गरिएको क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनु भयो ।

 

रोड सोमा क्लबका करिब ४० जना सदस्य सहभागी रहेका थिए । सहभागीहरुले गोल्डकपको जानकारी दिँदै चोकचोकमा प्रचार गरेका थिए । मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेले धन्यवादको नारा पनि लगाउनु भएको थियो। २०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिका अनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने सचिवालय प्रमुख हिमाल खरेलले बताउनु भयो ।

 

बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ । खेल तालिका अनुसार बैशाख ९ गते पुलिस र आयोजक बीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ ।

 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुनेछ । प्रतियोगिता भद्रपुरको मेची रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको