काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उहाँलाई सभापतिको उम्मेदवार बनाएको थियो । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।









