रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार सडक सञ्जाल विस्तार भए पछि ठप्प भएको थियो । तर लिखु तामाकोसी गाउँपालिकाको केन्द्र बनेपछि सुकेको बजार पुनः गुलजार बन्दै गएको छ । सडक विस्तार नहुँदासम्म जिल्लाको उत्तरी क्षेत्रबाट पुरानो सदरमुकाम रामेछाप र पछि स्थापित भएको सदरमुकाम मन्थली आउजाउ गर्ने मानिसहरूको बास बस्ने प्रमुख ठाउँ नै धोबी थियो ।

 

जिल्लाको सैपु, दुरा गाउँ, भुजी, प्रीति, गुप्तेश्वरदेखि बाम्ती, गुम्देलसम्मका मानिसहरू पहिला यही बाटो प्रयोग गरेर रामेछाप आउने जाने गर्दथे । घरबाट सदरमुकाम रामेछाप हिँडेका मानिसहरू धोबी आएर बास बस्ने र सदरमुकामको काम भ्याउन बिहानै उठेर जाने गर्दथे । त्यस्तै रामेछापमा काम सकेर पनि बाटो छोट्याउन रात साँझ गरेर मानिसहरू धोबी बास बस्न पुग्ने स्थानीय कमलबहादुर खड्का बताउँनु हुन्छ् । त्यस बेला राति अबेरसम्म पनि धोबी डाँडामा दोहारीलत्त मानिसहरू हुने उहाँले सुनाउनु भयो ।

 

जब सदरमुकाम मन्थली सरेपछि खिम्ती किनारबाट ठोसे हुँदै प्रीति, बाम्ती तर्फ जाने बाटो खुल्यो त्यस पछि सो क्षेत्रका मानिसहरू सोही रुट प्रयोग गरेर मन्थली झर्न लागे पछि धोबी बास बस्ने मानिसहरूको सङ्ख्या घट्यो । धोबीबाट सैपु र दुरा गाउँ तर्फ सडक विस्तार भए पछि मानिसहरू रात९साँझ गरेर घरै पुग्न लागे । त्यस पछि धोबी बजार ठप्प भयो । अझ २०७२ सालमा आएको विनाशकारी भूकम्पले बजारका पुराना घरहरू भत्काए पछि धोबी बजार उजाड बन्यो ।

 

तर जब देश संघीयतामा गएपछि लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबी बजारलाई बनाइयो, त्यस पछि मानिसहरूको चहलपहल सुरु भयो । बिस्तारै ठुला ठुला पक्की घर बन्न लागे । बजार क्षेत्रमा सडक पनि पिच भयो । भग्नावशेष जस्तै बनेको धोबी बजारको मुहार अहिले फेरिएको छ । बजार घरहरूले भरिएको छ । होटेल पसलमा र बजार क्षेत्रमा मानिसहरूको चहलपहल देखिएको छ । धोबी बजार अहिले पुरै फेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने