बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको हो ।

 

नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले वर्षौँदेखि नगरपालिकाको दुई कट्ठा जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका थिए । उक्त स्थानमा नगरपालिकाले ६ करोड ४६ लाख ५५ हजार ५५५ रुपैयाँको लागतमा आधुनिक सुबिधायुक्त प्रशासनिक भवन निर्माण गर्ने योजना अघि सारेको छ । निर्माणको जिम्मा सिपी यतिआलम जेभीले पाएको छ ।
नगरपालिकाले पटक(पटक सूचना जारी गर्दा पनि टेरपुच्छर नलगाएपछि गत चैत १ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच छलफल भएको थियो ।

 

उक्त छलफलमा चैत १० गतेभित्र घर खाली गर्ने सहमति भए पनि उनीहरूले सहमति विपरीत चैत १८ गते जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका थिए। अदालतले सुरुमा निषेधाज्ञा जारी गरे तापनि चैत २५ गते जाहेरवालाको मुद्दा खारेज गरिदिएपछि नगरपालिकालाई कानुनी रूपमा बाटो खुलेको हो ।

 

अतिक्रमित २ कट्ठा जग्गा खाली गराएसँगै अब नगरपालिकासँग भवन निर्माणका लागि कुल ८ कट्ठा जग्गा उपलब्ध भएको छ । वडा नं. २ का अध्यक्ष सिकेन्द्र पटेलका अनुसार जग्गा अभाव र अतिक्रमणका कारण लामो समयदेखि भवन निर्माणको काम प्रभावित भएको थियो ।

 

नगरप्रमुख बिनोद पटेलले बारम्बारको आग्रह र सहमतिलाई अटेर गरिएपछि विकास निर्माणको कामलाई अघि बढाउन बाध्य भएर कानुनी प्रक्रिया पु¥याई संरचना हटाउनुपरेको बताउनु भएको छ । अब प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा