पथरीमा श्रीकृष्ण प्रणामी ध्यान केन्द्र शिलान्यास

धार्मिक आस्थासँगै सामुदायिक एकताको सन्देश

पथरी, ५ बैशाख / मोरङको पथरी शनिश्चरे–१ पथरी बजार उत्तरस्थित श्रीकृष्ण प्रणामी गोपीकृष्ण आश्रमको प्राङ्गणमा प्रस्तावित ध्यान केन्द्रको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

 

श्रीकृष्ण प्रणामी धर्मका जगतगुरु अनन्त विभूषित १०८ कृष्णमणिजी महाराजले विधिवत् शिलान्यास गर्दै धर्म संस्कार केवल पूजा–आराधनामा सीमित नभई समाजको साझा हितमा केन्द्रित हुनुपर्ने बताउनु भयो । विभिन्न धर्म र समुदायले आफ्ना लागि मात्र संरचना निर्माण गर्ने प्रवृत्तिभन्दा माथि उठेर स्थानीय जनमानसको विश्वास जित्ने काम नै साँचो धर्म भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रणामी मात्र नभई अन्य सम्प्रदायका मानिसहरुले समेत ध्यानमा सहभागिता जनाउने ध्यानस्थल निर्माणलाई दिगो र व्यवस्थित हिसाबले निर्माण गर्न स्थानीय समितिलाई सुझाब दिनुभयो ।

आध्यात्मिक साधना, योग र सामुदायिक गतिविधिलाई एउटै छानामुनि समेट्ने उद्देश्यसहित अघि बढाइएको यो परियोजनालाई केवल संरचना निर्माणका रूपमा नभई समाज रुपान्तरणको माध्यमका रूपमा अघि बढाइने गोपीकृष्ण आश्रमका अध्यक्ष मोहनप्रसाद अधिकारीले योजना सुनाउनु भयो ।

यस ध्यान केन्द्र निर्माणपछि पथरी क्षेत्रका बासिन्दाले योग, ध्यान तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्न सहजता पाउने विश्वास व्यक्त गरिएको छ । आश्रमका प्रमुख जगतनन्दन महाराजका अनुसार यसले स्थानीय स्तरमा आध्यात्मिक अभ्यासलाई मात्रै होइन, सामाजिक सद्भाव र सहकार्यलाई पनि मजबुत बनाउनेछ । मासु नखाइ सात्विक भोजन ग्रहण गर्ने भगवान श्रीकृष्णका अनुयायीका रुपमा यस सम्प्रदायलाई लिने गरिन्छ ।

 

भूल्के सिमसारको पश्चिममा निर्माणाधीन सो संरचनाको स्वरूप पनि बहुउद्देश्यीय रहने बताइएको छ । हलसहितको भवन, राजीको प्रतिमा मन्दिर, वरिपरि ६ फिट फराकिलो परिक्रमा पेटी लगायतका संरचना समेटिनेछन् । २४×४८ फिटको भवन निर्माणका लागि करिब ७४ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । नगरपालिकाले नक्साङ्कन कार्य सम्पन्न गरिसकेको र प्रदेश सरकार तथा सम्बन्धित वडाबाट समेत आंशिक बजेटको आश्वासन प्राप्त भएको संस्थापक अध्यक्ष डिकप्रसाद तिम्सिनाले जनाउनु भयो । ध्यान र योगका अतिरिक्त सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न समेत ध्यानकेन्द्र भवनले सहज वातावरण तयार गर्ने उल्लेख गर्नुभयो । यसलाई केवल धार्मिक केन्द्र नभई सामाजिक एकता, मानसिक स्वास्थ्य प्रवद्र्धन र सकारात्मक जीवनशैलीको अभ्यास गर्ने साझा स्थलका रूपमा लिने उहाँको विश्वास छ ।

 

ध्यान केन्द्र निर्माण अभियानले आधुनिक जीवनशैलीका बीच हराउँदै गएको आत्मिक शान्ति र सामुदायिक सहकार्यलाई पुनर्जीवित गर्ने संकेत दिएको स्थानीय सहभागिको प्रतिक्रिया छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने