अनुसन्धान जारी

सर्लाहीमा युवकमाथि कैँची प्रहार गर्ने दुई जना पक्राउ

सर्लाही,६ वैशाख । सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ ।

 

कैँची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ । गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगन्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न रहेको आरोपमा गोडैता–७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं. ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विश्वेश्वर यादवले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने