चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास

काठमाडौं,६ वैशाख । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ । चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ । चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो । उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन ।

 

चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पनि बोट सुकेर जानुको सट्टा फेरि नयाँ पालुवा र मुनाहरू पलाउने गरेका छन् । यस अनुसन्धानका प्रमुख वैज्ञानिक हान बिन भन्नुहुन्छ, ‘हाम्रो धानले वर्षमा दुई देखि तीन पटकसम्म उत्पादन दिन्छ । अहिलेसम्मको परीक्षणमा एउटै बोट दुई वर्षसम्म जीवित रहन सफल भएको छ । धानको बाला पाकेपछि, त्यसको छेउबाट फेरि नयाँ मुनाहरू निस्कन्छन् । यसमा रहेको दीर्घायु जीनले यसलाई सधैं जवान राख्न मद्दत गर्छ ।

 

वैज्ञानिकहरूका अनुसार यो बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि निकै उपयोगी हुनेछ, जहाँ ठूला कृषि मेसिनरीहरू लैजान कठिन हुन्छ । यसले किसानको लागत र मिहिनेत दुवै बचाउने अपेक्षा गरिएको छ । यस सम्बन्धी अध्ययन प्रतिवेदन मार्चको अन्त्यमा प्रसिद्ध वैज्ञानिक जर्नल साइन्समा प्रकाशित भएको थियो । यो सफलताले भविष्यमा विश्वको खाद्य सुरक्षामा ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालबालिका र खेलाडीलाई १ लाखसम्मको दुर्घटना बीमा

पथरी, ६ बैशाख / वडावासीको सेवा सुविधाका लागि देशमै नमुना काम गर्दै आएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले नगरपालिकामा नै पहिलो पटक आफ्ना

हुम्ला र कालिकोटबाट दुई सुत्केरी महिलाको हवाई उद्धार

सुर्खेत,६ वैशाख । हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु

काठमाडौँ,६ वैशाख । सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास

काठमाडौं,६ वैशाख । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ । चिनियाँ वैज्ञानिकहरूले