हुम्ला र कालिकोटबाट दुई सुत्केरी महिलाको हवाई उद्धार

सुर्खेत,६ वैशाख । हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्र् प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिनु भयो ।

 

त्यस्तै, कालिकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल अवस्थाका कारण हवाई उद्धार गरिएको हो । शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मान्म र्पुयाइएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका डा. शुभ नारायण ठाकुरले बताउनु भयो ।

 

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार अप्सरा शाहीको गर्भमै रहेको शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । अत्यधिक रक्तस्रावका कारण उहाँको अवस्था जटिल बनेपछि आइसियु सेवा आवश्यक ठहर गर्दै सुर्खेत पठाइएको हो । दुवै सुत्केरी महिलाको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने