चुनावमा चुप चाप घण्टीमा छाप

अहिले महगी बढ्दाविरोध हैन, चुपचाप घरभीत्रै बास

दमक,७ वैशाख। गत फागुन २१ गते एउटा नारा निकै चर्चीत भयो । चुप चाप घण्टीमा छाप । परिवर्तनकालागी भन्दै पुराना दलको विकल्पका रुपमा तीन वर्ष अघी मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टिलाई यसपटक जनताले नाराजस्तै गरि चुप चाप घण्टीमै छाप दिएर सत्तामा पुर्यादिए । सत्तामा पुर्याउदा पनि यती शक्तिशालीनै बनाइदिए कि करिव दुई तिहाँई सहितनै । यसरी शशक्त सरकार बनेपछि नागरीकलाई राहत पुग्नु पर्ने हो तर अहिले बजारको मुल्य बृद्धि छोईनसक्नु छ ।

 

पेट्रोलीयम पदार्थको मुल्य थामीनसक्नुले बढेपछि त्यसको असर नेपालका हरेक उत्पादन र हरेक क्षेत्रमा परेको छ । आयातीत सामानमा उच्च मुल्य बृद्धि भएको छ । यही उत्पादन हुने सामाग्रीमा पनि ढुवानी तथा अन्य उपकरणको लागत बढेका कारण मुल्य उसैगरी बृद्धि भइरहेको छ । तर नागरीकको घरनै चल्न नसक्ने गरी । घरको चुल्होनै बल्न नसक्ने गरी भएको मुल्यबृद्धिका विरुद्धमा न प्रतिपक्ष दल बोल्न सकेको छ । न नागरिकलेनै आवाज उठाएका छन् ।

 

अहिले सरकारको विरोध गर्यो र प्रश्न गर्यो भने अहिले बिभिन्न आरोप र गालीको वर्षा हुने गर्छ । नागरीकहरु आफ्नै हातले भोट हालेर जीताएको सरकारले महगी बढाएर थुचुक्कै बसाउँदा पनि चुईक्क बोल्न सकेका छैनन । किनकी हिजो चुनावमा ‘चुपचाप घण्टीमा छाप’ भन्दै कुदिएको छ । पुराना दललाई सक्दो गाली गरिएको छ । अहिले त्यहि घण्टी छापवाला सरकारले महगी नियन्त्रण नगर्दा जनता हैरानी खेपिरहेका छन् ।

 

यस्तो बेलामा सदन मौन छ । सांसदहरुले संसदीय समितीहरु बनाइरहेका छन् । सत्ताको स्वाद लिइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टि त बोल्ने कुरै भएन । किनकी उसलाई दुई तिहाईको उन्माद जो छ । यता यस बाहेकका अन्य दलहरु पनि मुखमा बुझो लगाएर बसेका छन् । नेकपा एमाले आफ्नो पार्टि अध्यक्षलाई पक्राउ गर्दा सडकमा राके जुलुस निकाल्दै सदननै अवरुद्ध गरौला झै गर्जियो । तर अहिले जनताको ढाड सेकिने गरी चौतर्फि मुल्य बृद्धि हुदा शान्त छ । जनताका लागि बोल्ने फुर्सद छैन ।

 

यता नेपाली काग्रेस जेन जी आन्दोलन पछि यो दल छ कि छैन भन्ने जनताले कहि अनुभूतिनै गर्न पाएका छैनन । यद्यपी दलका केहि नेताको विरासतका कारण सदनमा दोस्रो दल त बनेको छ । तर नाम मात्रैको । किनकी जनताको पक्षमा अहिले सम्म यसले न सदनमा बोल्यो । सडकमा उत्रीयो । उ आफु भित्रै गिजोलीरहेको छ । जनता महगीको चपेटामा पिसिइरहेका छन् ।

 

नेकपाको त के कुरा गरौ । यसका संयोजक प्रचण्ड आक्कल झुक्कल झुल्किन्छन् । सह –संयोजक माधव कुमार नेपालको त अहिले नाम निसाननै छैन । बरु यो पार्टिको विद्यार्थी संगठन अहिले बरु अली सकृय देखिन्छ । नेकपा छ है भन्ने आभाष विद्यार्थीहरुलेनै गराएका छन ।तर यस्ता विद्यार्थी संगठन पनि पद र स्वार्थमा मात्रै कुदिरहेका छन् । कुनै बेला पेट्रोल, डिजेल तथा ग्यासको मुल्य सामान्य बढ्दा पनि देशभर विद्यार्थीहरु सडक तताउथे । जनसमर्थन बलियो हुन्थ्यो । सरकारलाई घुढा टेकाएरै मुल्य समायोजन गराउँथे । तर अहिले यस्ता आन्दोलन गर्ने विद्यार्थी संगठन पनि कुन दुलामा पसेका छन् । अत्तो पत्तो छैन ।

त्यसैले
चुनावका बेला चुप चाप घण्टीमा छाप
अहिले चुप चाप , बाहिर ननिस्किी घरकै बास भएको छ ।
घरमा बस्दा पनि चुलो बलुनजेल खान सकिएला तर त्यसपछि घाटको बास नहोला भन्न सकिन्न ।
अनी फेरी के भन्ने हो चुप चाप कहाँको बास ………………… ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको