दमक, ७ बैशाख २०८३ | झापाको दमकमा नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रिय सदस्य विरेन्द्र बस्नेतमाथी आक्रमण भएको छ । सोमबार बिहान करिब साढे १० बजेतिर लेनदेनको काम छ भन्दै दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाइएको थियो।
त्यहाँ पुगेपछि चार जनाको समूहले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको दमक प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकको टोलीले कुटपिटमा संलग्नमध्ये दमक–९ का ५५ वर्षीय शिव साह र कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ। अन्य संलग्न व्यक्तिहरू भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ।
विद्यालयको आर्थीक कारोबारको सन्दर्भमा कुराकानी गर्न बस्नेत त्यहाँ जानु भएको थियो । तर त्यो विषयमा कुरा हुनुभन्दा पनि बस्नेतमाथी अपशब्द सहित हात हालहाल सुरु भएपछि घटनाले यस्तो रुप लिएको प्रहरीले जनाएको छ ।
बस्नेत अहिले स्थानीय अस्पतालमा उपचार गराइरहनु भएको छ ।









