झापाको काकरभिट्टा नाका शिल

नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द

दमक, ७ बैशाख । भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै झापासँग जोडिएका नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भारतको दार्जिलिङ जिल्लामा आगामी २३ अप्रिल २०२६ मा मतदान हुने भएकाले सीमा क्षेत्रमा कडाइ गरिएको हो।

सूचनाअनुसार २० अप्रिल साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म झापासँग जोडिएका सबै सीमा नाकाबाट मानिस र सवारी साधनको आवतजावत रोक लगाइनेछ। यस अवधिमा नेपालबाट भारत तथा भारतबाट नेपाल प्रवेशमा प्रतिबन्ध रहने प्रहरीले जनाएको छ।

यद्यपि आकस्मिक अवस्थामा रहेका बिरामी, वैध कागजात भएका पर्यटक तथा नाशवंत र अत्यावश्यक वस्तु बोकेका सवारी साधनलाई कडा जाँचपछि आवतजावत गर्न दिइनेछ।

सीमा बन्द हुने निर्णय यस क्षेत्रका नागरिक, यात्रु तथा व्यवसायीका लागि महत्त्वपूर्ण भएकाले आवश्यक तयारी गर्न जिल्ला प्रहरीले आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, ७ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने