मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

दमक,८ वैशाख । निकै भावुक र उत्तेजक नारा ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ । जेन जी आन्दोलनको बेला यूवाहरुको मुख मुखबाट यो नारा बोलीयो । नारा तय गरेका थीए त्यस बेला हामी नेपाल सस्थाका अध्यक्ष तथा आन्दोलनमा पानी बाडेर समाज सेवा गर्ने व्यक्ति सुदन गुरुङ र उहाँको टिमले ।

नारा सान्दर्भीक छ । बास्विकता पनि हो । आम नेपालीको घर घरको अवस्था झल्काउने नारा हो । मेरो बाउ खाडीमा । तर अरु सबैको बाउ गाडीमा नै छन् त ?

यसरी यूवाहरुको मनोभावनालाई उत्तेजीत बनाएर जेन आन्दोलनलाईनै हाइज्याक गरेको समेत आरोप खेपीरहनु भएका वर्तमान बालेन सरकारका सबै भन्दा विवादीत गृहमन्त्री सुदन गुरुङ चाहि के मा र कसरी हिड्नु हुन्छ ?

गाडीमा हिड्ने जती सबै भ्रष्टचारी, देशद्रोही अनी देशका कलंक भन्ने भाष्य जेन जी आन्दोलनमा बनाइयो । दुख गरेर आफ्नो आवश्यकतालाई मद्यनजर गरेर गाडी किनेहरुपनि गाडी चढ्नै त्राहिमाम हुने अवस्थामा थियो त्यो बेला ।

तर आन्दोलन सकियो । प्रधानमन्त्रीमा सुशीला कार्की आउनु भयो । उहाँको खुट्ट ढेकेर जेठो छारोको उपमा पाउनु भएका वर्तमान गृहमन्त्रीले त्यसको केहि दिन पछि उनै आमा प्रधानमन्त्रीको राजीनामा माग गर्न थाल्नु भयो ।

अहिले उहाँ आफै गृहमन्त्री हुनुहुन्छ । बालेन क्यावेनेटको हाई स्पिटमा कसैले काम गरेको छ भने त्यो गृहमन्त्री नै हो । मन्त्री भएको भोली पल्ट बिहानै हाई प्रोफाईलका व्यक्तिहरु पूर्व प्रधानमन्त्री केपि शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र केहि दिनमै पूर्व उर्जामन्त्री दिपक खड्कालाई पक्राउ गर्नुभयो । अनी जनतामा हाई हाई सुदन दाईको नारा पनि लाग्यो ।

कतिले यसलाई स्वागत गरे । प्रशंष गरे । कतिले यो कदम असंवैधानीक भने । सवोच्चमा रीट पर्यो । त्यसपछिको ओदेशले पक्राउ परेकालाई छोड्ने आदेश दियो । खेल सकियो ।

अहिले तिनै गृहमन्त्री विवादमा पर्नु भएको छ । खासगरी मन्त्रीहरुको सम्पत्ती सार्वजनिक भएपछि एउटा भरियाको छोरोले यती कम उमेरकै यत्रो सम्पत्ती कसरी कमायो भन्ने प्रश्नले उहाँलाइ घेरेको छ ।

मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा भन्ने नारा अहिले आफै तिर सोझीएको छ ।

सरकारी गाडी नचढ्ने र आफ्नै गाडी आफै चलाएर हिड्ने उहाँको निती उदाहरणीय भएपनि त्यो गाडी किन्ने पैसाको श्रोत के हो भन्ने प्रश्न उठेको छ ।

अरुको सम्पत्ती छानविन गर्ने भन्दै निर्णय गर्दा सबैभन्दा पहिला यीनै गृहमन्त्रीको सम्पत्ती श्रोतको छानविन हुने वाला देखिएको छ ।

भारी बोकेर सन्तान पढाएका बाबुका छोराले कुनै ठूलो व्यापार र उद्योग नगरी समाजसेवाबाट आर्जन गरेको कमाई अर्को प्रश्नको घेरामा छ । ८९ तोला सुन हुनु आफैंमा अचम्म छ । कहाँबाट आयो त्यो सुन किन्ने रकम ? सुधन जस्तै समाजसेवा गर्ने वंशज धनीको पनि त्यत्रो सुन हुँदैन । उनको कसरी आयो ? यो प्रश्न गम्भीर छ । शेयरमा सुधनको ४ करोड बढी देखिएको छ । अहिले त झन शंकर समूह र दीपक भट्टले नीतिगत चलखेलबाट अनुमति लिएका दुई कम्पनीमा संस्थापक सेयर रहेको र सो विवरण सम्पत्ति विवरणमा लुकाएको विषयले सिहंदरबारलाई फनननन घुमाईदिएको छ ।

चौतर्फि रुपमा घटनाको वारेमा छानविनकालागी सघाउन गृहमन्त्री गुरुङले राजिनामा गर्नुपर्ने माग बढिरहेको छ ।

बालेनको रोजाईबाट गृहमन्त्री बन्नु भएका सुदनका विरुद्धमा मुद्धा दर्ता भयो र किटानी जारी भयो भने

त्यो बेला बोलेको ‘मेरो बाउ खाडीमा तेरो बाउ गाडीमा’ अव हतकडी लाग्ला कसको नाडीमा ?

समयले पक्कै देखाउनेनै छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।