सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारको तयारी

काठमान्डौ, ८ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।
विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित विशेष कार्यक्रममा यो निर्णय घोषणा गरिएको हो ।

कार्यक्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सरकारको अनुसार प्रत्येक प्रदेशमा एक–एक वटा अटिजम नमुना विद्यालय स्थापना गरिनेछ, जसलाई केवल साधारण शैक्षिक संस्था मात्र नभई अटिजमसम्बन्धी समग्र सेवा दिने ‘रिसोर्स सेन्टर’ को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
तर, सरोकारवालाहरुले यसको सफल कार्यान्वयनका लागि स्पष्ट नीति, दक्ष जनशक्ति र दीर्घकालीन रणनीति आवश्यक हुनेमा जोड दिएका छन् ।
अटिजम केयर सोसाइटी नेपालकी अध्यक्ष डा.सुनिता मलेखु अमात्यले सरकारको पहल सकारात्मक भएपनि यसको कार्यान्वयन मोडेल अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ् ।

उहाँका अनुसार अटिजमलाई केवल शैक्षिक दृष्टिले मात्र हेर्नु गलत हो, यो एक स्पेक्ट्रम डिसअर्डर भएकाले प्रत्येक बालबालिकाको आवश्यकता फरक हुन्छ ।

‘अटिजम भएका बालबालिकाको शिक्षा केवल किताब पढाउने कुरा होइन । उनीहरूको सम्पूर्ण जीवनसँग जोडिएको विषय हो । सञ्चार क्षमता, व्यवहारिक सीप, दैनिक जीवन व्यवस्थापन र थेरापी सबै शिक्षण सिकाइको हिस्सा हुन्।’

उहाँले यसमा थप्दै भन्नु हुन्छ्,‘नेपालमा समावेशी शिक्षाको नीति भए पनि व्यवहारमा अझै धेरै सुधार आवश्यक छ ।’

संयुक्त राष्ट्र संघको अपांङ्ग अधिकारसम्बन्धी महासन्धिले पनि सबै बालबालिकालाई आफ्नै समुदाय र घर नजिकको विद्यालयमा पढ्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले अटिजम भएका बालबालिकालाई अलग राख्ने भन्दा पनि समावेश गर्ने नीति अपनाउनुपर्ने बताउनुु भएको छ् ।

उहाँका अनुसार यदि सरकारले अटिजम नमुना विद्यालयलाई केवल स्कुलको रूपमा मात्र नभई राष्ट्रिय तथा क्षेत्रीय ‘रिसोर्स सेन्टर’का रूपमा विकास गर्न सके, त्यसले देशभरका अन्य विद्यालयलाई पनि सहयोग पु¥याउन सक्छ । यस्ता केन्द्रबाट शिक्षक तालिम, अभिभावक परामर्श, थेरापी सेवा र अनुसन्धान कार्य समेत गर्न सकिने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।