अनुसन्धान जारी

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने रौतहट बौधीमाई नगरपालिका–७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका–७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन् ।

 

यस्तै, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका–५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् । पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार पक्राउ गरेको हो ।

 

यस्तै, मिथिलेशलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं,९ वैशाख । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिनु

कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति

काठमाडौं,९ वैशाख । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा प्रतिनिधि सभामा भएको सर्वदलीय छलफलले तत्कालका लागि विद्यमान कानुन कडाइका साथ कार्यान्वयन गर्ने र दीर्घकालीन रूपमा

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं,९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

एमाले पार्टी स्थापना दिवसको अवसमा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं,९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका

घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक

काठमाडौं,९ वैशाख। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ

सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारको तयारी

काठमान्डौ, ८ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा,