कोशी प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुन सक्ने सभापति थापाको संकेत

विराटनगर,९ वैशाख । गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिनु भएको छ । नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उहाँले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गर्नु भएको छ ।

 

थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राख्नु भयो। ‘हामी प्रदेश र स्थानीय निकायमा सबैभन्दा बढी छौं, कतिपय प्रदेशमा नेतृत्व कांग्रेसको हातमा छ, बाँकी ठाउँमा पनि केही दिनमै हुने छ,’ उहाँले भन्नु भयो।

 

उहाँले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पार्दै सरकारका कामकारबाही प्रति कडा निगरानी राख्ने चेतावनी दिनु भएको छ । थापाले निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुनः संगठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ। ‘हामी हारेर पनि पुनर्जीवित हुन्छौं, अझ मजबुत भएर अगाडि बढ्छौं,’ उहाँले भन्नु भयो।

कार्यक्रममा जरा अभियानको चर्चा गर्दै सभापति थापाले कांग्रेसका साथीहरु भौतिक रुपमा उपस्थित भएर अद्यावधिक गरिने प्रष्ट पार्नु भएको छ । उहाँले भन्नु भएको छ्,‘हामीले सबैले भरिदिने फारमलाई एसपटक आफैंले भर्नुपर्ने बातावरण बनाएका हौं,’ उहाँले भन्नु भएको छ। कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने