पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने कांग्रेस नेताको दाबी

काठमाडौं,१० वैशाख । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गर्नु भएको छ् । २०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याउनु भयो। उहाँले कांग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका नेताहरु अर्कोतिर हुने बताउनु भयो । ‘कांग्रेस फुट्दैन तर युवा र पाका पुस्ताबिच अन्तरद्वन्द्व सुरु हुन्छ । तर केही शक्तिहरुले म्यानिपुलेट गर्ने संभावना भएकाले सानो समूह चोइटिन सक्छ,’ उहाँले भन्नु भयो।

 

लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘संवाद’ भएपनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको औंल्याउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य शर्माले पार्टी सभापति गगन कुमार थापा संवाद गर्ने मूडमा नरहेको आफूले अनुभव गरेको सुनाउनु भयो।
कुनै समय भारतीय नेताहरु राजिव गान्धी र अटल बिहारी बाजपेइबीचको सम्बन्ध एवम संवादको उदाहरण दिंदै नेता शर्माले गगन थापाका प्रशस्त कमजोरीहरु औंल्याउनु भयो। थापाले फागुन २१ गतेको निर्वाचन अघि नै सबै पक्षका नेताहरुसँग संवाद गर्न अटेरी गरेर ठूलो गल्ती गरेको बताउनु भयो । ‘फागुन २१ गतेको निर्वाचन अगावै सभापति गगन थापाले सबै समूहका नेताहरुसँग डाइलग गरेको भए आठदेखि १० सिट थपिने थियो । उहाँ डाइलग गर्न हिचकिचाइरहनु भएको छ, त्यो भनेको डेमोक्रेसीको सुन्दरता होइन,’ उहाँले भन्नु भयो,‘अटल विहारी र राजिव गान्धीविच घोचपेच प्रशस्त हुन्थ्यो र निरन्तर सुमधुर संवाद पनि हुन्थ्यो । होइन भने एक पटक इतिहास पल्टाएर हेर्नुहोस । उहाँहरुबाट पनि हामीले सिक्नुपर्छ ।’

 

नेपाली कांग्रेस र जनताबीच सूचना आदनप्रदानमा ठूलो कमजोरी रहेको बताउँदै नेता शर्माले जनता र पार्टीबीच सुमधुर सम्बन्ध राख्न सूचना आदनप्रदान महत्वपूर्ण हुने औंल्याउनु भयो। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराप्रति कटाक्ष गर्दै नेता शर्माले कपीपेस्टको राजनीतिले माथि पुग्न नसकिने बताउनु भयो । ‘यो नारा त मलाई ०६२।०६३ सालको आन्दोलनताका ठूला होर्डिङ बोर्डमा राखिएको फेयर एण्ड लवलीको विज्ञापनजस्तो पो लाग्छ । नारामा कुनै सिर्जना नै छैन्, अपनत्व नै छैन् । नाराले त कार्यकर्ताको रगत उम्लिनुपर्छ र रौं ठाडो हुनुपर्छ, त्यस्तो केही अनुभूति नै गर्न सकिएन्,’ उहाँले भन्नु भयो । यस्तै तौरतरिकाले नेपाली कांग्रेस नबदलिने र बदल्न नसकिने उनको भनाइ छ । ‘तत्कालिन पार्टी सभापति शेर बहादुर देउवा र हालका सभापति गगन थापाको कार्यशैलीमा मैंले केही भिन्नता पाएको छैन् । जनताले के भिन्नता भेट्लान र ? नबदलिएको कांग्रेसले देश बदल्न सक्दैन्,’ उहाँले भन्नु भयो।

 

यतिबेला देश बदल्ने मात्र नभइ फड्को मारेर जानुपर्ने बताएका उनले कांग्रेसका नेताहरु काम गरिसकेपछि वा रिटायर्ड भएपछि आफ्नो जन्मभूमिका फर्कनुको साटो अवसरको दौरानमा हिंडेकाले पार्टीले थप क्षति व्यहोर्ने बताउनु भयो । ‘अमेरिकामा जर्ज वासिङटन राष्ट्रपति भइसकेपछि आफ्नो मातृभुमि गएर बसे । शेरबहादुर देउवादेखि पूर्ण बहादुरहरु खड्काहरु रिटायर्ड भइसक्नुभयो । उहाँ जन्मगाउँ फर्किनुपर्छ, अभिभावक बनेर बस्नुपर्छ । देउवा डडेल्धुरा नै जानुपर्छ र खड्का सुर्खेत नै फर्किनुपर्छ । अनिमात्र गाउँदेखि कांग्रेसको संगठन निर्माण हुन्छ,’ उनले भने,‘अब पूराना पुस्ताका नेताहरुले नयाँ पुस्ताका युवाहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । सक्नुहुन्छ भने आफ्नै परिवारका सदस्यलाई जिम्मेवारी दिएपनि हुन्छ । किनकी उहाँहरुले आफ्ना परिवार वा छोराछोरीलाई राम्रो शिक्षा दिनु भएको छ र शिक्षित युवाहरु राजनीतिमा आएमात्र देश बदलिनेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने