दमकमा साप्ताहीक बजार बन्दको बहस : अनिवार्य कि स्वेच्छिक

दमक,१० वैशाख । उज्यालो खवरले दमक सातै दिन खुल्ला हुनुपर्छ भन्ने बहस श्रींखला चलाइरहेको छ । दमक उद्योग वाणिज्य संघले वर्षौ देखि शुक्रबार गर्दै आएको बन्दले दमकका व्यवसायीलाई के दिइरहेको छ ? उपभोक्ताले के पाइरहेका छन् ? हामीले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गरीरहेका छौ ।

 

खासमा श्रमिमको बिदा बस्ने अधिकार भन्ने सन्दर्भमा दमक उद्योगा वाणिज्य संघले वर्षौ देखी शुक्रबार बन्द गर्दै आएको छ । अन्य क्षेत्रका बजार तथा शहरहरुले पनि हप्ताको एक दिन बजार बन्द गर्ने गरेका पनि छन् । यो दमकमा मात्रै पनि हैन । तर दमक अन्य शहर भन्दा आधुनीक बन्नु पर्छ । थप चलायनमान हुनु पर्छ । बन्दलाई सँधैका लागी बन्द गर्ने प्रस्तावलाई कडाईका साथ पारीत नै गरेको दमक उद्योग वाणिज्य संघले शुक्रबारे बन्दलाई पनि बन्द गराउन सक्नु पर्छ । अनी मात्रै परिवर्तन र युग अनुसारको नेतृत्वको सोच भन्ने स्पष्ट हुन सक्छ ।
अहिले नेपाल सरकारले शनिबार र आईतबार दुइ दिन कार्यालयहरु बन्द गरेको छ । यसो हुदा यहाँका वित्तिय कारोबार दुई दिन बन्द भयो । यहाँ रहेको बजार समेत शुक्रबार बन्द हुदा त्यहि बजारलाईनै कारोबार गरीरहेका सहकारी सस्थाहरुले शुक्रबार बन्द गर्छन । र दमकमा अहिले वित्तिय कारोबार बन्द जस्तै छ । यसको असर र प्रभाव व्यापारी र उपभोक्ता सबैलाई परिनै रहेको छ ।

 

तर दमक उद्योग वाणिज्य संघको उर्दीमा दमकका व्यवसायी शुक्रबार आफ्नो पसल खोल्न सकिरहेका छैनन । उनीहरु दोकान खोल्यो भने उद्योग वाणिज्य संघले आएर बन्द गराउँछ , चेतावनी दिन्छ भन्ने त्राहीमाममा हुन्छन् । छेउको दोकानेले खोल्यो भने पल्लो दोकानेले संघमा कम्प्लेन गर्ने प्रचलन छ । अनी सो कम्प्लेन आउने बित्तिकै संघका पदाधीकारी त्यस दोकानमा पुगेर बन्द गर्नुस भन्न थाल्छन । तर त्यो दिन केहि हजार रुपैँयाको व्यापार गरेर आफ्ना छोरारीको पेट पाल्छु भन्ने सोच रोखेको व्यापारी निरिह बन्छ र बन्द गर्न बाध्य हुन्छ । यसरी कसैले लाखौ लगानी गरी सुरु गरेको व्यापार कुनै एउटा संघको उर्दीमा बन्द गर्नु अहिलेको प्रतिस्पर्धात्मक बजारको दृष्टिमा गलत हो । दमकका व्यवसायी सात बार सातै दिन दमक बजार खुल्ला हुनु पर्छ भन्नेमा आजाव उठाउन थालेका छन् । शिवनाथ चौधरी दमकमा सातबारनै दोकान खोल्नु पर्ने पक्षमा हुनुहुन्छ ।

कतिपय दोकानमा काम गर्ने कर्मचारीहरु हुन्छन् । उनीहरुलाई हप्तामा एक दिन विदा दिनै पर्छ । नेपालको श्रम कानुनले पनि विदा पाउने अधिकार उसमा छ । तर ती कर्मचारीहरुलाई तोकीएकै दिनमा मात्रै बिदा दिनै पर्छ भन्ने चाहि नियम छैन । रोटेशनमा हप्तामा एक दिन बिदा पनि दिन पाउने अधिकार त्यहाँ व्यवस्था गरीएको छ । अनी व्यापारीले परिवारसँग बस्न मन लागेको दिन आफ्नो दोकान । आफ्नो खुसी । सटर तान्ने बन्द गर्ने । घरमा बस्ने । यसमा कुनै बाध्यतकारी नियम छैन । दोकान गरेको हो । कहि कसैैकोमा रोजगार गरेको हैन । रोजगार गरेको भए पो विदा मिलाउनु पर्ने, यो दिन मात्रै बिदा हुन्छ भन्ने चिन्ता । आफ्नो पसल आफ्नो मनखुसी । त्यसैले दमकको व्यापारलाई सँधै चलायमान बनाउनु पर्ने तक छ अर्का व्यवसायी अमृत बहादुर थापा ।

दोकान बन्द गरेको दिन न त्यस दिनको भाडा छुट हुन्छ । न अन्य कुनै सुविधा छ । न एक दिन चाहि दोकान बन्द गरेर सामाजीक योगदान गर्नु भयो भनेर राज्य पक्षलेनै सम्मान गर्छ । दमकमा सबै क्षेत्रको गरि एक दिनमा न्यूनतम पनि १० करोड बराबरको कारोबार हुन्छ । यसको अर्थ वर्षमा ५२ दिन बन्द हुदा दमकले करिव डेढ अर्वको कारोबार हरेक वर्ष गुमाईरहेको छ । त्यसैले भन्ने गरौ सुक्रबार अनिवर्या बन्द होईन, स्वेच्छिक बन्द गरौ । खोल्नेले खोल्ने, बन्द गर्नेले बन्द गर्ने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साम्पाङद्धारा संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक

काठमाडौं,१० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गर्नु भएको छ । उहाँले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी

६२ वर्ष पुरानो जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको प्रतीक्षामा

जनकपुर,१० वैशाख । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ । राजनीतिक