वैकल्पीक बन्दै इलेक्ट्रोनिक

उपभोक्तले किन र कसरी रोज्न थाले ती उत्पादन ?

दमक,१० वैशाख। यो झापाको मुख्य व्यापारीक शहर दमक हो । दमक भुगोलमा ५ वटा पेट्रोल पम्प छन् । जहाँ डिजल , पेट्रोलको खास कारोबार हुन्छ । अनी चोक चोकमा एल पि जी ग्याँसका दोकान पनि छन् ।

 

तर अहिले इन्धनको मुल्य अत्यन्तै धेरै महगीरहेको छ । राज्यले अमेरीका र इरानको यूद्धका कारण महगी बढेको भन्दै जवाफ दिन्छ । तर दक्षीण एसियाका अन्य देशहरुले यूद्धको असर भन्दै इन्धनमा लगाइदै आएका बिभिन्न कर छुट दिएर अल्पकालीन रुपमा नागरिकलाई राहत दिइरहेका छन् र ती देशका बजारमा नेपालमा जत्तीको महगी बढेको छैन । तर नेपालमा करिव दुई तिहाइको सरकार छ । कुनै दलसग परमार्ष समेत नगरी इन्धनमा लाग्दै आएको कर निश्चित अवधी सम्मकालागी छुट दिएर नागरिकलाई राहत दिनु पर्ने हो । यस्तै राहत पाउन भन्दै तीन वर्ष अघी मात्रै उदाएको दललाई आम नागरिकले विस्वास गरेर मतदात समेत गरेका थिए । तर अहिले रातहको नाममा महगीको आहात मात्रै भोगी रहेका छन् ।

 

यसरी इन्धनको मुल्यले बजार महगीएपछि उपभोक्ताले दीर्घकालीन अन्य विकल्प समेत रोज्न थालेका छन् । नेपाल विद्युतमा आत्मनिर्भर छ । यसको मुल्य तत्काल बढेको छैन । अव इलेक्ट्रोनिक सामानको प्रयोग गर्ने । त्यस कारण अहिले इलेक्ट्रोनिकका घरायसी सामान मात्रै नभएर सवारी साधान पनि इलेक्ट्रोनिक नै प्रयोग गर्ने बढिरहेका छन् । भन्सार, ढुवानी जस्ता कुराले यी सामानको पनि मुल्य त बढिरहेको छ । तर एक पटक खरिद गरेपछि त्यो दीर्घकालीन हुने विस्वासका साथ उपभोक्ताले इलेक्ट्रोनिक उत्पादनको माग गरिरहेको दमकका व्यवसायीहरुले प्रतिकृया दिएका छन् । दमकको मुख्य चोकमा आरम्भ कम्प्यूटर छ । यहाँ इलेक्ट्रोनिक बिभिन्न घरायसी सामान पाइन्छ । अहिले यहाँ इलेक्ट्रोनिक सामान खोजी गर्न पहिलेको तुलनामा बढि आउने गरेको याहँ कार्यरत दिपीशा बस्नेतले बताउनु भयो ।

 

यस्तै दमक ६ स्थित दमक मलमा रहेको एम एस इन्टरप्राईजेजमा समेत इलेक्ट्रोनीक सामान पाइन्छ । घरमा प्रयोग हुने अधिकांश सामानको थोक तथा खुद्रा समेत बिक्रि हुने यो पसलमा पनि उपभोक्ताहरुको माग बढिरहेको यहाँ कार्यरत डीना कार्कीले प्रतिकृया दिनुभयो ।

 

महगी चुलीदो छ । आम नागरिक सास्ती भोगीरहेका छन् । भान्सामा मात्रै नभएर हरेक क्षेत्रमा बढिरहेको मुल्य बृद्धिका विरुद्धमा नागरिकले एक क्षेत्रमा विकल्प देखे । तर अन्य क्षेत्रमा हिजो भन्दा आज दुई गुणा मुल्य हालेर सामान किन्नु परिरहेको छ । यस्तो अवस्थामा अहिलेको करिव दुई तिहाँ सरकार मुल्य बृद्धि हाम्रो कारणले नभएर अमेरिका –इरान यूद्धका कारण भएको हो भन्दै बसीरहेको छ । न कुनै विकल्प , न कुनै राहत । यस्तै बिभिन्न परिस्थिती आउँछ, नागरीकले सास्ती भोग्नु पर्छ र त्यो सास्तीबाट मुक्ति पाउननै जनताले भोट दिएर राज्य शक्तिमा पुर्याएका हुन । नागरिकलाई अहिले जवाफ हैन राहतको प्याकेजको खाँचो छ । सरकारले त्यस तर्फ सोच्नै पर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने