दमकमा हुँदै छ अन्तरास्ट्रिय स्तरको “कुकिङ कम्पोडिसन”

दमक,१० वैशाख। विस्वभरका ४५ बढि देशका प्रमुख होटलमा काम गर्ने कुक अर्थात सेफहरुको अन्तरास्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ । झापाको दमकमा आगामी जेष्ठ १–२ गते सम्म हुने यो प्रतियोगितामा बिदेशका मात्र नभएर स्वदेशी सेफहरुको समेत सकृय सहभागीता रहने जनाईएको छ ।

 

बुधबार दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटीले सेकेन्ड नेसनल कुलिनरी च्यालेन्ज कम्पोडिसन २०२६ बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै अन्तरास्ट्रिय नेपाली सेफ सोसाईटीका अध्यक्ष अरुण अधिकारीले प्रतियोगितामा सहभागी हुनेहरु ३ / ३ जनाको समूह हुनु पर्ने, हरेक समुहलाई गोलाप्रथाबाट नेपाली परिकार पकाउन दिइने, त्यसका लागी आवश्यक सबै सामाग्री आयोजक आफैले जुटाईदिने जानकारी गराउनु भयो ।

 

प्रतियोगितामा नेपालका रैथाने खानाका परिकारहरुलाई मात्र सहभागी गराईने जनाईएको छ । नेपाली परिकारहरुले समेत अन्तरास्ट्रिय मान्यता पाओस र बिदेशका होटलमा ती परिकारहरु पाक्न पर्छ भन्ने उद्येस्यले यो प्रतियोगिता आयोजना गरिएको बताईएको छ । नेपाली खानाको परिकार पकाउन सक्नेहरुले समेत बिदेशका तारे होटलमा काम गर्न समेत अबसरको सृजना गर्न यो प्रतियोगिताले सहजता प्रदान गर्ने सोसाइटीका महासचिव दिपक कार्कीले बताउनु भयो । अन्तरास्ट्रिय स्तरको परिकार पकाउन मिल्ने गरिको किचन सेट तथा अन्य मापदण्डका आधारमा दमकमा रहेको पाथीभरा कुलिनरी आर्ट कलेज तथा युनिक कलेज छनौट गरिएको समेत उहाले स्पस्ट पार्नुभयो ।

 

दमकमा हुने यो स्तरको प्रतियोगिता अबसरको रुपमा लिइदै यसलाई सफल पार्न आफुहरुले सक्ने जति सबै सहकार्य र सहयोग गर्न प्रतिबद्धता आस्था कलेज ग्रुपका कार्यकारी प्रमुख टेकनाथ भण्डारीले गर्नु भयो । यो प्रतियोगीमा सहभागी घरका गृहणी महिला, जातीय परिकार बनाउने तथा अन्य घरेलु पाक क्षमता भएकाहरुले समेत सहभागीता जनाउन सकिने जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साम्पाङद्धारा संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक

काठमाडौं,१० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गर्नु भएको छ । उहाँले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी

६२ वर्ष पुरानो जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको प्रतीक्षामा

जनकपुर,१० वैशाख । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ । राजनीतिक