दमकको कि ओच अस्पतालः मलद्धार नभएका बालकको शल्यकृया सफल

दमक, १० वैशाख । मलद्धार भएन भने त्यसले कस्तो असर पर्न सक्छ एक पटक तपाई हामी कल्पना गरौ त ? तपाई हामीलाई एक छिन मात्रै पनि पर्खनु पर्यो भने त्यसले दिने तनाव थेगीनसक्नुको हुन्छ । तर इलामका यी बालकको जन्मनै मलद्धार बिनानै भयो । जन्मने बित्तिकै प्रमीशा राईको काखे छोराले आफ्नो शारिरिक पीडा खेप्नु पर्यो । आर्थीक रुपमा समेत कमजोर रहेको यो परिवारले टाढा लगेर उपचार गराउन सम्भव थिएन । धेरै पैसा तिर्ने, महगो अस्पतालमा उपचारकालागी लैजाने सामर्थ उनीहरुसँग नभएपछि दमकमा रहेको कि ओच बाल अस्पताल प्रमिशा राईका लागी बरदान सावित भएको छ ।
इलामबाट धरान जान भनेर हिड्नु भएकी उहाँ दमक आइपुगेपछि आफन्तले कि ओच बाल अस्पतालमा लैजाउ न भन्ने सुझाव सुनेपछि उहाँ यहाँ आउनु भयो । यहाँ आएपछि काठमाडौबाटै बिषेशज्ञको टोली आएर यहाँ उपचार तथा शल्यकृया गर्ने भन्ने थाह पाएपछि उहाँले यही शल्यकृया गराउनु भयो र आफ्नो छोराको मलद्धार बनाएर फर्कनु भएको छ ।

 

यी बालकको मलद्धार नभएपछि कि ओच बाल अस्पतालमा आउनु हुने डा. दिनेश प्रसाद कोईरालाले गर्नु भयो । बालबालिकको शल्यकृया सम्बन्धीको बिषेशज्ञको रुपमा उहाँ टिचिङ अस्पतालमा कार्यरत हुनुहुन्छ भने कि ओच बाल अस्पतालसग समेत आवद्ध रहेर उहाँले सेवा प्रदान गर्दै आउनु भएको छ । उहाँकै नेतृत्वमा प्रमिशाको छोराको मलद्धार बन्यो । कि ओच बाल अस्पतालमा अहिले सम्म यस प्रकारको बिरामी नआएको तर प्रमिशाको छोराको अवस्था देशभरमै आइरहने समस्या मध्येको रहेकोले कि ओच बाल अस्पतालमा भएका उपकरण तथा प्रविधिको प्रयोग गरी डा. कोईरालाको टिमले सहजै शल्यकृया गर्ने सक्यो ।

 

कि ओच बाल अस्पताल बालबालिकाको सबै रोगको उपचार र शल्यकृया गर्न सक्ने गरीको रुपमा स्थापीत भइरहेको छ । वरिष्ठ मुटुरोग विषेशज्ञ डा. भगवान कोईरालाको नेतृत्वमा यस खालको अस्पताल सातै प्रदेशमा एक एक वटा बनाउने गरीको योजना छ । पहिलो चरणमा कोशी प्रदेश स्तरीय अस्पताल दमकमा बनेको हो । यहाँ रहेको नेपाल रेडक्रस सोसाईटीले आफ्नो हल भएको भवन अस्पताललाई दिएर यहाँ कि ओच अस्पताल बन्न सफल भएको हो भने यसबाट यस क्षेत्रका गरिव तथा विप्पन्न नागरिकका छोराछोरीले सस्तोमा, गुणस्तरीय सेवा पाउन सक्ने भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने