सडक स्तरोन्नतिमा स्थानीयको संघर्ष

पथरीमा ५० मिटर चौडाईको सडक निर्माणको प्रक्रिया थालिने

पथरी, १० बैशाख / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माणको प्रक्रिया अघि बढ्नेमा संघर्ष समिति विश्वस्त बनेको छ ।
समितिका सचिव दुर्गाप्रसाद भट्टराईले आज सडक कार्यालयका प्रतिनिधिसँग पथरीमा छलफल भएपछि ५० मिटर चौडाईको सडक क्षेत्र निर्माणको प्रक्रिया केही दिनमा थालिने जानकारी दिनुभयो । उहाँका काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीका प्रतिनिधिहरुले छलफलमा ५० मिटर चौडाईको सडक निर्माणको प्रक्रिया अघि बढाइने जानकारी गराएको बताउनु भएको छ । सडकमा नाली निर्माणका लागि एक साता अघिनै सामग्री झारिइसकेको छ ।
स्थानीयले सडक पक्षकासाथै नगरपालिका कार्यालयका प्रतिनिधिलाई सहभागी गराई सडक क्षेत्र खाली गर्ने अभियान थालेपछि सडक आयोजनाले ५० मिटरकै सडक निर्माणको सहमति जनाएको थियो ।
जस अन्तर्गत सडकको दुबैतर्फ गरी २५/२५ मिटर अर्थात कुल साढे ८२ फिट क्षेत्र खाली गर्न थालिएको २ दिने नाँपजाँच कार्य सम्पन्न गरेको र सडक क्षेत्रमा पर्ने संरचना खाली गर्ने क्रम बढेको छ । स्थानीय भिष्म न्यौपानेले आफ्‌नो एउटा कोठा सडक क्षेत्रमा परेको घर भत्काएर सडक व्यवस्थित गर्ने कार्यको थालनी गर्नुभएको छ ।
ंस्थानीयले संघर्ष समिति समेत खडा गरेर ५० मिटरकै सडक निर्माणको दबाब दिन थालेपछि पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि सडकको क्षेत्राधिकार साढे ८२ फिट चौडाई खाली गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल अघि बढाएको थियो । पहिलेको स्टिेमेटमा ५० मिटरको सडक निर्माणको योजना नरहेको अवस्थामा स्थानीयको दबाब बढ्यो । स्थानीयले नै पहल गरेर साढे ८२ फिट क्षेत्र खाली गरेपछि मात्र सडक परियोजनाले सडक बढाइदिने जनाएपछि संघर्ष समितिले नगरपालिका र सडक परियोजनाका समेत प्रतिनिधि राखेर नाँचजाँच गरेको हो । नापजाँचपछि स्थानीय सडक क्षेत्र खाली गर्न तयार रहेको संघर्ष समिति संयोजक बाबुराम एङ्देनले जनाउनु भयो ।
पथरी बजारमा सडकको साढे ८२ फिट चौडाईको क्षेत्राधिकार खाली हुन नसक्दा ४४ मिटर चौडाईको मात्र सडक बन्ने भएपछि भविष्यका लागि सडक क्षेत्रको पूर्णरुपमा प्रयोग गरी ५० मिटरकै सडक बन्नु पर्ने आवाज उठाउँदै आएको अवस्था छ । यसक्रममा माघ ११ गते वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा ५० मिटर सडक निर्माणको आफ्‌ना माग अघि सारेको थियो ।
सरकारको नीति अनुसार साविकदेखि नै सडक क्षेत्रमा पर्दै आएको साढे ८२ फिट क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गरिसकेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने