खुल्यो वाल्मिकी मन्टेश्वरी

दमक , १० बैशाख |  दमक नगरपालिका–२ पाथिभरा टोलमा वाल्मिकी मन्टेश्वरी विद्यालयको उद्घाटन गरिएको छ ।

वडा सदस्य ललित विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी सञ्चालिका वसन्ती भट्टराईको अध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि विकले बालबालिकाको प्रारम्भिक शिक्षामा गुणस्तर अभिवृद्धि गर्न मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले स्थानीय स्तरमै बालमैत्री, स्वच्छ र शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना हुनु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो ।

विद्यालयकी सञ्चालिका भट्टराईले अनुभवी तथा तालिमप्राप्त शिक्षक–शिक्षिकाबाट बालबालिकालाई मनोवैज्ञानिक आधारमा शिक्षा प्रदान गरिने जानकारी दिनुभयो । साथै विद्यालयमा बालमैत्री कक्षा कोठा, खेल मैदान, पुस्तकालय, स्वच्छ खानेपानी तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको विध्यालयका प्रधानाध्यापक प्रकास बुढाथोकीले बताउनु भयो ।

उक्त विध्यालयले नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला गरिएको विद्यालयले निःशुल्क बीमा सुविधा तथा पाठ्यपुस्तक समेत उपलब्ध गराउने जनाएको छ ।

गाउँधरमै सबै प्रकृया पुरा गरि सञ्चालन गर्न लागिएको वाल्मिकि मन्टेश्वरी विध्यालय वालवालिकाको पहिलो पाठशाला रहेको बताउदै वडाबाट गर्नुपर्ने अावश्यक सहयोग गर्ने वडा सदस्य ललित विकले विध्यालय उद्घाटनका क्रममा बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य, अभिभावक, स्थानीय बासिन्दा, बुद्दिजिवि, एवं सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच