विश्व खोप सप्ताह सुरु : ‘हरेक पुस्ताका लागि खोप प्रभावकारी’ सन्देशसँगै जनचेतना अभियान

काठमाडौं,११ वैशाख । हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ ।यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो । यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक भएको सन्देश प्रवाह गरेको छ । खोपको माध्यमबाट बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई रोगबाट सुरक्षित राख्न सकिन्छ ।

 

खोपले रोक्न सकिने रोगहरूबाट समूदायलाई सुरक्षित राख्दै सार्वजनिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समयमै खोप लगाउँदा व्यक्ति मात्र होइन, परिवार र समाजसमेत सुरक्षित हुने बताइन्छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न स्वास्थ्य साझेदार संस्थाहरूले खोप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

 

साथै, यस वर्ष खोप समुदायले विश्व स्वास्थ्य संगठनको खोप प्रवद्र्धनको ५२ औं वार्षिकोत्सवलाई पनि विशेष रूपमा स्मरण गर्ने जनाएको छ ।
विश्व खोप सप्ताहको मुख्य उद्देश्य खोपबाट रोक्न सकिने रोगहरूबारे जनचेतना फैलाउँदै अधिकभन्दा अधिक मानिसलाई खोप सेवामा पहुँच सुनिश्चित गर्नु रहेको छ। स्वास्थ्यकर्मीहरूले ‘खोप लगाऔं, हरेक पुस्तालाई सुरक्षित बनाऔं’ भन्ने सन्देशसहित समयमै खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जानकी मन्दिरमा शनिबार सवा लाख द्विप प्रज्ज्वलन गरिदै

जनकपुर,११ वैशाख । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा भोली शनिबार बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख

रौतहटमा ४ क्विन्टल बढी बोइलर कुखुरा नष्ट

रौतहट,११ वैशाख । रौतहटको परोहा नगरपालिकास्थित नेपाल–भारत सीमावर्ती चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

सुकुम्बासी बस्तीमा प्रदर्शन

काठमाडौं,११ वैशाख । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र

रुस–युक्रेन युद्ध : युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा

बेवारिसे अवस्थामा कर्णालीका दर्जनौं पुल

सुर्खेत,११ वैशाख । कर्णालीका दर्जनौं पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन् । निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका

तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रति काउन्सिलको चेतावनी

काठमाडौं,११ वैशाख । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।   प्रेस