रौतहटमा ४ क्विन्टल बढी बोइलर कुखुरा नष्ट

रौतहट,११ वैशाख । रौतहटको परोहा नगरपालिकास्थित नेपाल–भारत सीमावर्ती चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

परोहा नगरपालिका–८ नरकटिया सीमा क्षेत्र हुँदै अवैद्य रूपमा नेपाल ल्याइँदै गरेका १३४ पिस (४०२ केजी) प्रतिबन्धित बोइलर कुखुरा सशस्त्र सीमा सुरक्षा गुल्म गौरको टोलीले बरामद गरेको हो । गएराति करिब ९ः४० बजे विओपि सरमुजवाबाट खटिएको गस्ती टोलीले भारतबाट झोलामा बोकेर ल्याउँदै गरेको अवस्थामा ती कुखुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका कुखुरालाई शुक्रबार बिहान स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा खाल्डो खनेर पुरिएको छ । सशस्त्र प्रहरीका डिएसपी प्रेमसागर विष्टका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले सूक्ष्म निगरानी बढाएको छ ।
अवैध कुखुरा नष्ट गरिएसँगै यस्तो कारोबारमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न ठूलो सहयोग पुग्ने डिएसपी विष्टले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।