शुक्रबार इजरायली आक्रमण, कम्तीमा १० प्यालेस्टिनीको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन् ।

 

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो। उक्त आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन् भने अन्य केही घाइते भएका छन् ।

 

त्यसै गरी, दक्षिण गाजाको खान युनिस पश्चिममा पर्ने अल-मवासी क्षेत्रको ’बिर १९’ क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारी साधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ, जसमा केही व्यक्तिको मृत्यु र घाइते भएको छ । खान युनिसस्थित नासेर अस्पतालका स्रोतका अनुसार उक्त आक्रमणपछि पाँच वटा शव र धेरै घाइते अस्पताल पुर्‍याइएका छन् ।

 

यसअघि गाजा सिटीमा गरिएको अर्को आक्रमणमा प्रहरी गस्तीमाथि हमला हुँदा दुई जना प्रहरीको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए । यी घटनामा इजरायलको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । यो घटनाक्रम जारी तनाव र युद्धविराम उल्लङ्घनका बिच भएको बताइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागु भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २हजार २३५ जना घाइते भएका छन् । रासस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।