के थियो जनप्रतिनिधि र शैक्षिक संस्थाबीचको विवाद?

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेल सम्बन्धी विवादित भिडियो सार्वजनिक भएपछि उहाँको सचिवालयले विस्तृत प्रष्टीकरण दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट जारी वक्तव्यमा घटनाको ‘आंशिक भिडियो’ मात्रै बाहिर आएकाले वास्तविकता बङ्गिएको दाबी गरिएको छ।

 

खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित एक विद्यालयमा निरीक्षणका क्रममा पुग्नुभएका सांसद पोखरेललाई प्रधानाध्यापकले तत्काल भेट नगरी केही समय कुर्न लगाएको सचिवालयले जनाएको छ। कार्यालय सहयोगीमार्फत कुर्न अनुरोध गरिएपछि उहाँले धैर्यपूर्वक प्रतीक्षा गरेका तर लामो समयसम्म पनि प्रधानाध्यापक नआएपछि उहाँ बाहिर निस्किएको उल्लेख छ गर्नु भएको छ।

पछि प्रधानाध्यापक बाहिर आएर माफी मागेपछि पुनः भित्र गएर आपसी सम्मानका साथ छलफल सम्पन्न भएको सचिवालयको भनाइ छ।

भिडियोबारे दाबी

सचिवालयका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो “घटनाको सानो अंश” मात्र हो, जसले गर्दा आम जनमानसमा भ्रम सिर्जना भएको छ। पूर्ण भिडियो सार्वजनिक भएको भए वास्तविकता प्रस्ट हुने दाबी गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।