गाजामा इजरायली आक्रमणमा परि छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

एजेन्सी,१३ वैशाख । शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो ।

 

चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङरको फुटेजमा, एक शोकाकुल आमा आफ्नो छोरा, एक प्रहरीलाई बिदाई गर्दा रोइरहेको देखिन्छ। भिडियोमा पीडितहरूको शव जमिनमा रहेको र अन्य प्यालेस्टिनीहरू पनि उनीहरूको छेउमा शोक मनाउँदै गरेको देखिन्छ।
अक्टोबर १०, २०२५ देखि हमास र इजरायलबीच जारी तनाव र युद्धविराम सम्झौताको उल्लङ्घनको रिपोर्ट भइरहेको बीचमा यी घटनाक्रमहरू भएका हुन् । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, युद्धविराम सम्झौता लागू भएदेखि ७९१ प्यालेस्टिनीहरू मारिएका छन् र २,२३५ जना घाइते भएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा