नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका

काठमाडौं,१३ वैशाख । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार घोषणा एवं भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उहाँले नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फोटो पत्रकारहरूले ठूलो योगदान पुर्याउने उल्लेख गर्नु भएको छ।
उहाँले भन्नु भयो, ‘नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् । सिर्जनात्मक फोटोलाई संरक्षण र प्रवद्र्धन गर्न सके देशलाई आर्थिक रूपमा समेत समृद्ध बनाउन सकिन्छ ।’

पराजुलीले इतिहास लेखनमा पनि फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । ‘हामीले लेख्ने इतिहास पनि फोटोको आधारमा तयार हुन्छ । आगामी पुस्तालाई विगतको नेपाल कस्तो थियो भन्ने जानकारी दिन फोटोहरूले महत्वपूर्ण योगदान पुर्याउँछन्,’ उहाँले भन्नु भयो।
उहाँले फोटो पत्रकारलाई ‘फोटो बैंक’ को संज्ञा दिँदै यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नु भयो । ‘जसरी बैंकमा पैसा राखेर संस्था धनी बन्छ, त्यसैगरी फोटो पत्रकारसँग भएका तस्वीरहरू अझ मूल्यवान् हुन्छन् । राष्ट्रिय फोटो पत्रकार समूहलाई फोटो बैंकको रूपमा विकास गर्नुपर्छ,’ उहाँले भन्नु भयो।

 

उहाँले देशभर रहेका फोटो सङ्ग्रहालयहरूलाई व्यवस्थित गरी बैंकको रूपमा सञ्चालन गर्न सकिने सुझाव दिनु भयो । त्यहाँबाट निश्चित शुल्क लिएर फोटो प्रयोग गर्ने व्यवस्था मिलाउन सके संस्थाहरू आर्थिक रूपमा सबल बन्न सक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीसँग भएका सबै फोटो सङ्ग्रहालयहरूलाईं बैंकको रुपमा राख्नुपर्छ । त्यहाँबाट फोटोहरु निश्चित शुल्क तिरेर प्रयोग गर्यौं भने संस्था पनि धनि हुन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौं,१९ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार