विधेयक निर्माणमा नागरिकको प्रत्यक्ष पहुँचका लागि ‘बिल ल्याब’ सुरु

काठमाडौं,१३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गर्नु भएको छ। आचार्यले संसदमा प्रस्तुत हुने विधेयकमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गर्नु भएको छ् ।

 

आचार्यको आधिकारिक वेबसाइट मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ । सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ ।

 

बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता औँल्याउँदै ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको कुरा उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौं,१९ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार