झापामा प्रहरीको स्विप अपरेसन , कतिजना र केके समातियो

दमक ,१३ बैशाख | लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत आज १० जना नियन्त्रणमा परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय झापा  र मातहतका प्रहरी इकाइले आज गरेको कारबाहीमा ८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र ६ वटा नाइट्रोजेपाम ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

यस अभियान अन्तर्गत अघिल्ला दिनहरूमा पनि कारबाही जारी रहेको छ।

 

यस्तै  शनिबार   १६ जना नियन्त्रणमा लिइएका थिए। उनीहरूबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र ३२ वटा नाइट्रोजेपाम ट्याब्लेट बरामद भएको थियो।

त्यसैगरी शुक्रबार ६३ जना नियन्त्रणमा परेका थिए। सो दिन १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ११७ वटा ट्रामाडोल ट्याब्लेट र १०५ वटा डिकोलिक ट्याब्लेट बरामद गरिएको थियो।

यसअघि वैशाख १० गते  बिहिवार ६२ जना नियन्त्रणमा लिइएका थिए। उनीहरूबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि स्वीप अपरेशनलाई निरन्तरता दिइने जनाएको छ।

तस्बिर : ए आई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौं,१९ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार