सरकारको नीति हरेक नागरिकको घरसम्म पुग्ने सभापति लामिछानेको दाबी

काठमाडौं,१४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताउनु भएको छ। लामिछानेले नेताको रूपमा आफू हरेक नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीको नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘नेताको रुपमा म जनताको घरमा पुग्न नसकुला । तर नीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र वर्तमान सरकारको नीति हरेकको घरमा पुग्ने छ । सरकारले केही न केही गर्छ । जनताको लागि राम्रो पक्कै गर्ने छ सरकारले । सरकारले व्यवस्था गर्छु भनेको छ । हामी विश्वास गरौं न त भन्ने वातावरण बनेको हुन सक्दछ । नागरिकको विश्वास प्राप्त गर्न सक्नु ठूलो कुरा हो ।’

उहाँका अनुसार सरकार बन्नु र ढल्नु सामान्य प्रक्रिया भए पनि जनताको विश्वास प्राप्त गरेको सरकार हुनु महत्वपूर्ण कुरा हो । विगतमा दुईतिहाइ बहुमतका सरकारहरू बने पनि टिक्न नसकेको सन्दर्भ उल्लेख गर्दै उहाँले विश्वासको आधार बलियो भए शासन सञ्चालन अझ प्रभावकारी हुने बताउनु भएको छ ।

लामिछानेले परिवर्तनको प्रक्रियामा केही कठिनाइ आउने स्वीकार गर्दै त्यसको दीर्घकालीन लाभ आगामी पुस्ताले पाउने बताउनु भएको छ । उहाँले केवल एक चुनावदेखि अर्को चुनावसम्म मात्र नहेरी पुस्तान्तरणको दृष्टिकोणबाट काम गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो, ‘सरकार त जहिले पनि बन्छ । दुई तिहाइका सरकार यो भन्दा अगाडि बने ढले पनि । तर जनताको विश्वास भएको सरकार भयो भने झन सहज हुन्छ । परिवर्तन गर्दा अलिकति दुख त हुन्छ । तर त्यसले दिने नतिजा भोलिको पुस्ताले पाउने जुन नतिजा छ । हामीले एउटा चुनावबाट अर्को चुनाव मात्र हेर्ने होइन, हामीले एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो । अब आउने पुस्ताले हामीले भोेगेको जस्तो पीडा समस्या भोग्न नपरोस् भन्नका लागि काम गर्दा हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको