शक्ति र सम्बन्धको दुरुपयोग नगर्ने मन्त्री बादीको ९ बुँदे प्रतिबद्धता

काठमाडौं,१५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गर्नु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरू सार्वजनिक गर्नु भएको छ। उहाँले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम नगर्ने स्पष्ट पार्नु भएको छ।

 

त्यस्तै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कारबाहीबाट बचाउने काममा पनि आफू संलग्न नहुने उहाँले बताउनु भएको छ। लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि बहानामा कमिसन, घुस वा भ्रष्टाचारमा संलग्न नहुने उहाँको प्रतिबद्धता छ। मन्त्री बादीले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्ने उल्लेख गर्नु भएको छ।

 

उहाँले राज्यका कुनै पनि स्रोत साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिने समेत बताउनु भएको छ। ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन, सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ उहाँले लेख्नु भएको छ। नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफू स्वयं साथमा उभिने प्रतिबद्धता जनाउँदै उहाँले सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्नु भएको छ। ‘सम्बन्ध होइन नियमको सम्मान गरौं, दबाब होइन न्यायको साथ दिऔं, व्यक्तिगत स्वार्थ होइन समाजको हितलाई प्राथमिकता दिऔं’ भन्दै सबैलाई उहाँले सुशासनको अभियानमा साथ दिन आह्वान गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।