आर्थिक स्थिति पत्र

गाउँमा २४.६६% र सहरमा १८.३४% गरिबी

काठमाडौं,१५ वैशाख । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो । नेपाल जीवनस्तर सर्वेक्षण २०७८÷७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ ।

 

यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत रहेको छ, जसमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकहरू समेटिएका छन् । आर्थिक स्थिति पत्रमा उल्लेख छ,‘ग्रामीण क्षेत्रमा बहुआयामिक गरिबी अझ बढी देखिएको छ, जसले आधारभूत सेवामा असमान पहुँच रहेको देखाउँछ ।’

 

बेरोजगारीतर्फ हेर्दा नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । महिलामा बेरोजगारी दर १२.३ प्रतिशत रहेको छ भने पुरुषमा ९.१ प्रतिशत मात्रै रहेको छ । १५–२४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १८.९ प्रतिशत रहेको छ, जसले युवा वर्गमा रोजगारीको अभाव गम्भीर समस्याका रूपमा रहेको देखाउँछ ।

 

लैङ्गिक समानताको क्षेत्रमा पनि प्रगति भए पनि असमानता अझै देखिन्छ । मानव विकास प्रतिवेदन २०२३÷२४ अनुसार लैङ्गिक असमानता सूचकांक ०.४७८ रहेको छ । महिलाको श्रमशक्ति सहभागिता दर २६.४ प्रतिशत मात्र रहेको छ भने पुरुषको ७६.२ प्रतिशत रहेको छ । साथै, महिलाको औसत आम्दानी पनि पुरुषको तुलनामा कम रहेको देखिएको छ ।
विशेषज्ञहरूका अनुसार गरिबी घट्दै जानु सकारात्मक संकेत भए पनि ग्रामीण विकास, रोजगारी सिर्जना र लैङ्गिक समानता प्रवद्र्धनमा थप प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।