नेपाललाई ’एजुकेसन हब’ बनाउने परराष्ट्र मन्त्रीको योजना

काठमाडौं,१५ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिनु भएको छ। विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उहाँले पछिल्लो समय प्लस–टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने गरी ल्याउन खोजिएका प्रतिबन्धात्मक नीतिहरूले समस्याको समाधान नगर्ने बताउनु भएको छ।

 

खनालले भन्नु भयो, ‘हामीले यो विषयलाई अत्यन्तै मिहिन ढंगले हेरिरहेका छौं । सिक्नका लागि आफ्नो स्थान छोडेर बाहिर जाने परम्परा हाम्रो सभ्यता र संस्कृतिको अभिन्न अङ्ग हो ।’ उहाँले वर्तमान प्रधानमन्त्री भारतमा पढेको र अर्थमन्त्रीसँग अमेरिका, बेलायत र अस्ट्रेलियाका डिग्री रहेको उदाहरण दिँदै राज्यका उच्च पदस्थ व्यक्तिहरूको प्रोफाइलले नै वैदेशिक शिक्षाको महत्त्व झल्काउने बताउनु भयो। खनालले परराष्ट्र मन्त्रालय र सरकारी संयन्त्रभित्र प्लसटु पछि विदेश जान रोक लगाउने गरी भइरहेका छलफलप्रति असहमति जनाउनु भएको छ । ‘के प्रतिबन्ध नै सही विकल्प हो? वा विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्ने भन्नेतर्फ सोच्ने ?’ भन्दै उहाँले प्रश्न गर्नु भयो।

 

नेपाली सार्वजनिक प्रशासनमा रहेको ‘घमण्ड’ का कारण विदेशमा पढेका र नयाँ सोच भएका युवाहरूलाई प्रणालीभित्र छिर्न गाह्रो भएको उहाँले भन्नु भयो । ‘लोकसेवा पास गर्नुलाई मात्र सर्वोपरि ठान्ने हाम्रो प्रणालीले नयाँ युवा र नवीन सोचलाई इन्टर्नसिपको समेत मौका दिँदैन,’ उहाँले भन्नु भयो। उहाँले आफ्नै पहलमा विदेशमा पढिरहेका नेपाली विद्यार्थीहरूलाई नेपालका सरकारी निकायमा इन्टर्नसिप गराउने कार्यक्रमको तयारी भइरहेको जानकारी समेत दिनु भयो ।

विश्वविद्यालयको बेथिति र आर्थिक चुनौती

नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर अनिश्चित हुनु नै विद्यार्थी पलायनको मुख्य कारण रहेको खनालको विश्लेषण छ । ‘संसारभरका विश्वविद्यालयको शैक्षिक क्यालेन्डर निश्चित हुन्छ, तर नेपालमा १३ वटा विश्वविद्यालय हुँदा पनि परीक्षा र नतिजाको कुनै पत्तो हुँदैन । चार वर्षको कोर्स ६ वर्ष लाग्ने भएपछि विद्यार्थीले अस्ट्रेलिया वा अन्य देश रोज्नु स्वभाविक हो,’ उहाँले बताउनु भयो ।
नेपालमा उच्च दक्ष जनशक्ति (जस्तै : क्यान्सर अनुसन्धानकर्ता) फर्किन चाहे पनि यहाँ उचित ल्याब, प्रविधि र उद्योग नहुँदा उनीहरूलाई नफर्कु भन्नुपर्ने बाध्यता रहेको उहाँले बताँउनु भयो । देशमा आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा न्यून रहनु र निजी क्षेत्र संकुचित हुनुले पनि रोजगारी सिर्जनामा बाधा पुगेको उहाँको भनाइ छ ।

नेपाललाई शैक्षिक केन्द्र बनाउने भिजन

खनालले नेपाललाई विश्वस्तरीय शिक्षाको केन्द्र (एजुकेसन हब) बनाउन सकिने सम्भावना औंल्याउनु भयो । ‘पोखराको माछापुच्छ्रेको काखमा विश्वका उत्कृष्ट विश्वविद्यालयका क्याम्पसहरू किन हुन सक्दैनन्र’ भन्दै उहाँले प्रश्न गर्नु भयो । माल्दिभ्स, श्रीलंका र बंगलादेशका विद्यार्थीलाई नेपालको मेडिकल शिक्षामा आकर्षित गर्न सके र विदेशी विश्वविद्यालयलाई नेपाल ल्याउन सके यसले रिसर्च, इनोभेसन र रोजगारीको ठूलो चक्र निर्माण गर्ने उहाँको विश्वास छ ।

खनालले युवाहरूलाई अबको १०–२० वर्षपछिको नेपाल र विश्व कस्तो हुन्छ भन्ने सोचेर काम गर्न आग्रह गर्दै सरकारले पनि विदेशमा रहेका नेपाली र विदेशी दुवैलाई नेपाल ल्याउने ‘ब्रिज’ निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ