सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उहाँहरूले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत बताउनु भएको छ । नेपाली कम्यनिस्ट पार्टी (नेकपा)का युवा नेत रमेश कुमार मल्लले सुकुम्वासीहरूमाथि बालेन सरकारको डोजरले सरकार जनताप्रति अनुदार रहेको पुष्टि भएको बताउनु भएको छ ।

 

सत्ता र शक्तिको डन्डा गरिब होचा, निमुखा जनतामाथि प्रयोग गर्नु दुर्भाग्य भएको बताउँदै भन्नु भयो, ‘हिजो सिंहदरबार जल्दा मौन रहने नेपाली सेनाको घोरा भित्र सुकुम्वासीलाई लखेट्ने यो कस्तो सरकार अनि सेना हो ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका मल्लले नीति निर्माणको थलो संसदलाई छलेर अध्यादेशबाट देश चालाउन खोज्नु गम्भीर विषय भएको बताउनु भयो। मल्लले माओवादीको १० वर्षे जनयुद्धपछि कर्णालीमा राजनीतिक चेतना विकास भएसँगै आर्थिक समृद्धि र भौतिक विकासले रफ्तार लिएको बताउनु भयो । कर्णालीको आमूल परिवर्तनको लागि कर्णालीका सम्पूर्ण राजनीतिक दल र सांसदहरू एकजुट हुनुपर्नेमा मल्लले जोड दिनु भयो ।

 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश कुमार सापकोटाले सरकारले सुकुम्वासीलाई अन्याय नगरेको बताउँदै अघिल्ला सरकारले गर्नुपर्ने काम गरेको बताउनु भयो । वर्तमान सरकारले वास्तविक सुकुम्वासीको पहिचान गरेर उनिहरुको व्यवस्था गर्ने बताउँदै भन्नु भयो, ‘सुकुम्बासी र हुकुमबासीबीचको पहिचान गरेर, यो सरकारले न्याय दिन्छ ।’ रास्वपाका नेतासमेत रहेका सापकोटाले भन्नु भयो, ‘सरकारी जग्गा हडप्ने अनि व्यवस्थितहरूले सुकुम्वासीको नाटक गर्ने रु उनीहरूलाई कसरी राख्न सकिन्छ, फेरी सहरको सुन्दरता र राष्ट्रिय सम्पत्तिको राक्षाको विषय पनि त हो ।’ आफू कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदका हैसियतले कर्णालीलाई प्राथमिकता दिएर संसद्मा नीति निर्माण तथा विकासका लागि आवाज उठाउने सापकोटाले प्रतिबद्धता जाहेर गर्नु भयो।

 

श्रम–संस्कृति पार्टीकी नेतृ राधिका रम्तेलले वास्तविक सुकुम्वासीलाई सरकारले न्याय दिनुपर्ने बताउनु भयो । प्रतिनिधि सभा सदस्य समेत रहेकी रम्तेलले सुकुम्बासी तथा उत्पीडित जनताको लागि आफ्नो पार्टी जहिले पनि अग्रसर रहने बताउनु भयो । कर्णाली अझै पनि अविकास र गरिबिको चपेटामा परेकाले राज्यले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो। पालाँता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले कर्णाली प्रदेश सदियौंखि उत्पीडनमा परेको र अझै पनि राज्यको प्राथमिकतामा नपर्नु दुर्भाग्य रहेको दुखेसो व्यक्त गर्नु भयो।

सर्के गाड गाउँपालिका हुम्लाकी उपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ देबकी तिमल्सिना रोकायाले हुम्ला बल्लतल्ल राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि त्यहाँका सडकहरू काल बनिरहेको भन्दै त्यसको विकासमा जोड दिन माग गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,