दमक अस्पतालले पायो नयाँ सफलता

तीन वर्ष देखी डर र चीन्ता बोकेर बस्नु भएकी अम्बिकाले पाउनु भयो छुटकारा

दमक,१७ वैशाख । दमक २ कि अम्बीका बिक । आर्थीक रुपमा विप्पन्न हुनुहुन्छ । भएका सन्तानहरु कहाँ छन् अत्तोपत्तो छैन । श्रीमानले पनि खास काम नगर्ने । यस्ता अनेकन पीडा , अभाव र समस्यासग जुधीरहनु भएकी अम्बिका बिगत अढाई तीन वर्ष देखी भने मानसीक रोगसगसमेत पौठेजोरी खेलीरहनु भएको छ ।

 

उहाँलाई लाग्न थाल्यो, अव म केहि पनि गर्न सक्दिन, केहि जान सक्दििन, सन्तानले मलाई नभेट्न सक्छन् किनकी अव म बाँच्न सक्दिन । ’ यस्तो सोच आइरह्यो । यसले उहाँलाई साँच्चैनै घरबाट बाहिर निस्कन रोकीरह्यो । कसैलाई हेर्न, बोल्न झर्को लाग्ने गर्यो । कहि जानु भनेको मृत्यू जीत्नु सरह जस्तै हुने गरेको थियो ।

 

यस्तो अवस्था थाह पाएपछि उहाँका छिमेकी र केहि आफन्त अनी श्रीमान समेतले उहाँलाई अस्पताल लगे । बिभिन्न ठाउँका अस्पतालमा लैजादा उहाँको रोग पनि पत्ता लागेन । रोग पत्ता नलागेपछि उपचार हुन सकेन । अनी फेरी घर फर्कनु भयो । अवस्था उस्तै । धेरैतिर चार्दा चार्दै दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालमा पुग्नु भयो । केहि दिन उपचार गराउनु भयो । अहिले अवस्था सामान्य तर्फ फर्किरहेको छ । सबैसग बोल्नु हुन्छ । मनका डरहरु बिस्तारै हराएर जान थालेका छन् ।

 

उहाँको यो समस्याबारेमा दमक अस्पतालका मानसीक रोग विषेशज्ञ डा. शिर्षकदिप श्रेष्ठले रोग पत्तामात्रै पाउनु भएन । यसको निदान समेत गर्नुभयो । डा. श्रेष्ठले उहाँको अवस्था जरैदेखी बुझ्नु भयो । सुन्नु भयो । अनी निदानका उपाय लगाउनु भयो । चिकित्सकीय उपचार गराएर उहाका तनाव र डरलाई हटाएर अहिले नयाँ जीवन दिनु भएको छ ।

 

दमक अस्पतालमा अहिले मानसीक रोगसग सम्बन्धीत समस्या लिएर दैनिक सयौ विरामीहरु ऋाउने गरेका छन् । हरेक विरामीलाई उचीत परामर्ष र उपचार गराएर निको पारेर मात्रै पठाइने अस्पतालको दावि छ । तर अम्बिका विकको अवस्था निकै जटिल भइसकेको थियो । छिप्पीएर यसले अर्कै रुप लिइसकेको थियो । यस्तो जलिट अवस्थालाई समेत डा. श्रेष्ठको टिमले कुशलता पूर्वक काउन्सिलीङ र उपचार गराउन सफल भएको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको