इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हाबी भएको छ ।

 

इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी नहटाएसम्म परमाणु मुद्दामा कुनै पनि वार्ता नगर्ने अडान राखेको छ । इरानले ओमानलाई साथमा लिएर स्ट्रेट अफ होर्मुजमा जहाजहरूबाट कर उठाउने र यमनका हुथी विद्रोहीहरू मार्फत बाब एल मन्डेब जलसन्धिमा दबाब सिर्जना गर्ने नयाँ रणनीति अपनाइरहेको विश्लेषण गरिएको छ ।

 

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको अमेरिकी नौसैनिक नाकाबन्दीलाई जीनियस र शतप्रतिशत सफल कदमको रूपमा व्याख्या गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानले परमाणु हतियार बनाउने महत्वाकांक्षा पूर्ण रूपमा नत्यागेसम्म कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । एक अन्तर्वार्तामा उनले नाकाबन्दीका कारण इरानी अर्थतन्त्र निकै दबाबमा रहेको र यसले बमबारी भन्दा पनि प्रभावकारी काम गरिरहेको दाबी गरे । ट्रम्पले अमेरिकी सैन्य शक्तिको प्रशंसा गर्दै इरानले वार्तामा आउनुअघि अमेरिकी सर्तहरू पूरा गर्नुपर्ने र परमाणु हतियारको बाटो त्याग्नुपर्ने अडान दोहो¥याएका छन् ।

 

हाल इरानले वार्ता अघि नाकाबन्दी हटाउन र स्ट्रेट अफ होर्मुज खोल्न गरेको प्रस्तावलाई ट्रम्पले सिधै अस्वीकार गरिदिएका छन् । आइएसडब्लुको प्रतिवेदन अनुसार इरानले युद्धविरामको समयलाई आफ्नो मिसाइल र ड्रोन शक्ति पुनर्गठन गर्न प्रयोग गरिरहेको छ । अमेरिकाले इरानलाई दबाब दिन नाकाबन्दीलाई नै मुख्य हतियार बनाएको छ भने, यदि इरान वार्ताका लागि सहमत नभएमा ट्रम्पले सैन्य कारबाहीको विकल्प समेत खुला राखेको बताइएको छ । यसले खाडी क्षेत्रमा भू–राजनीतिक अस्थिरता र द्वन्द्वको खतरा झनै बढाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,