विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न खोज्दा स्थानीयले ’लालपुर्जा’ देखाउँदै अवरोध गरेपछि स्थिति फेरिएको हो। करीब १०–१२ घरधुरीले आफूसँग वैधानिक लालपुर्जा रहेको र आफ्नो निजी सम्पत्तिमा डोजर चलाउन नपाइने भन्दै कडा अडान लिएका छन्। स्थानीयको यो प्रतिवादपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले तत्काल जग्गाको सत्यतथ्य छानबिन गर्न ८ सदस्यीय उच्चस्तरीय सरकारी टोली परिचालन गर्नुभएको छ।

 

“केही जग्गाधनीहरूले पूर्जा भएको दाबी गरेपछि त्यसलाई यकिन गर्न महानगर, नापी, मालपोत, जिल्ला प्रशासन र बागमती सभ्यता एकीकृत विकास समितिका अधिकृतहरू सम्मिलित टोली फिल्डमा खटिएको छ। टोलीको रिपोर्ट आएपछि मात्रै डोजर अघि बढ्ने वा नबढ्ने टुंगो लाग्नेछ।“ नदी किनारका सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा यो घटनाले नयाँ मोड ल्याएको छ। के साँच्चै नदी किनारमा निजी लालपुर्जा सम्भव छ? वा यो राज्यको आँखा छल्ने अर्को प्रयास हो? सरकारी टोलीको ’भेरिफिकेसन’ पछि मात्र यसको रहस्य खुल्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता