नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

बैठकबाट पारित कार्यतालिका अनुसार महाधिवेशनको तयारीका लागि असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गरिने जनाइएको छ । तल्लो तहदेखि नै सांगठनिक सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ भदौ १५ गतेभित्र वडा तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय पार्टीले गरेको जनाएको छ । त्यस्तै, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशनहरू हुनेछन् भने असोज मसान्तभित्र जिल्ला तहका र कात्तिक १५ गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको जनाइएको छ ।

 

यी सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा भव्य रूपमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने ज्वालाले जानकारी दिनु भयो । पार्टीले महाधिवेशन मार्फत वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने र सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना बनाएको छ । महाधिवेशनका लागि आवश्यक दस्ताबेज, प्रतिवेदन र कार्यविधिहरू केन्द्रीय कार्यसमिति बैठकले तयार पार्ने निर्णय समेत भएको छ ।

karyatalika

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता