स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि मन्त्री गौतमले फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै त्यसमा प्रष्टीकरण दिनु भएको हो। उहाँले संसद नचलेको अवस्थामा काम गर्नका लागि सरकारले अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको बताउनु भयो।

उहाँले अघिल्ला सरकारहरूले दुरूपयोगका लागि अध्यादेश ल्याउने गरेका कारण पनि अध्यादेश भन्नेबित्तिकै विवाद हुने र अविश्वास बढ्ने बताउनु भयो। ’विगतमा स्वार्थपूर्ति गरेर अध्यादेश ल्याइएका र संसदमा नल्याई खारेज गरिएका उदाहरण छन्, त्यसैले आलोचना हुने गरेको हो,’ उहाँले भन्नु भयो, ’ तर वर्तमान सरकारको सन्दर्भ फरक रहेको दाबी गर्दै उहाँले कामलाई तीव्र गति दिन तथा कानुनी अस्पष्टता हटाउन अध्यादेश ल्याइएको हो।’ उहाँले केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टताका कारण काम अगाडि बढाउन कठिन भइरहेको र ती अवरोध हटाउन अध्यादेश आवश्यक भएको बताउनु भयो।

 

मन्त्री गौतमले सरकारसँग संसदमा लगभग दुई तिहाइ बहुमत रहेको उल्लेख गर्दै कुनै पनि विषय लुकाएर गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नु भयो। ’सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा तीन–चार महिना लाग्न सक्छ। त्यसैले द्रुत र प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरिएको हो,’ उहाँले भन्नु भयो। उहाँले राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश संसदमा पेश गरिने र पारित गराउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो। ’यो अध्यादेश कुनै छद्म उद्देश्यका लागि होइन, छिटो र प्रभावकारी रूपमा काम गर्नका लागि ल्याइएको हो। सरकारका कामहरू पारदर्शी रूपमा जनताको हितमा हुनेछन्,’ मन्त्री गौतमले भन्नु भयो।

 

सरकारले ल्याएका विभिन्न अध्यादेशमध्ये सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै यसअघि राजनीतिक नियुक्ति लिएका १ हजार ५९४ जना पदमुक्त भएका छन्। यसमा ११ विश्वविद्यालय, अनुदान आयोग र सेवा आयोगका पदाधिकारी एकैचोटि खाली भएको छ। साथै शिक्षा ऐन २०२८ अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ जना पदमुक्त भएका छन्। चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, विश्वविद्यालयहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका पदाधिकारी पनि एकैचोटि रिक्त भएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता