’सुकुम्बासीको छोरो’ भन्दै चुनाव जितेका सांसद खनालको घर नै ऐलानी जग्गामा

काठमाडौँ,२० वैशाख । सरसफाइ अभियन्ताहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर उम्मेदवार बनेका कृष्णप्रसाद खनाल (केपी खनाल)ले २१ फागुनको निर्वाचनमा कैलाली– २ बाट चुनाव जित्नु भयो । निर्वाचनमा भोट माग्दा उहाँ आफूलाई सुकुम्बासीको छोरो भनेर परिचित गराउँनु हुन्थ्यो ।

 

‘चुनावमा कोही सुकुम्बासी, ऐलानी जग्गाको उम्मेदवार छ भने त्यो केपी खनाल हो,’ लम्कीको चुनावी कार्यक्रममा खनालले भन्नु भएको थियो, ‘लालपुर्जाको नाममा कसैले भोट माग्छ भने उनीहरूलाई भनिदिनुस– लालपुर्जाको नाम बेचेर वर्षाैंसम्म भोट दियौँ, अहिले लालपुर्जा नै नपाएको केपी खनाल उम्मेदवार छ । त्यो आफैँ सुकुम्बासीको छोरो हो । त्यसले समस्या बुझ्छ ।’ वर्षाैंसम्म ‘लालपुर्जा दिने हुँ’ भनेर भोट मागिएको बताउँदै आज त्यही लालपुर्जा नपाएको छोरा उम्मेदवार भएर आएको खनालले बताँउनु भएको थियो। ‘सुकुम्बासी हुँ’ भन्दै भोट मागेर सांसदमा निर्वाचित हुनु भएका खनालले त्यसबेला सुकुम्बासीको समस्या आफूले मात्रै बुझ्नसक्ने दाबी पनि गर्नु भएको थियो ।

 

अहिले रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले धमाधम सुकुम्बासी बस्ती खाली गराइरहँदा प्रधानमन्त्री शाहनिकट सांसद खनालको पनि ऐलानी जग्गामा तीन तले घर रहेको खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका– १ बसपार्कनजिकै निर्माणाधीन अवस्थाको उक्त घरले सांसद खनाललाई विवादमा तानेको छ ।

 

आफन्तसमेत रहेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्रप्रसाद खनालका अनुसार अछामबाट बसाइँसरेर सांसद खनालको परिवार सुरुवातमा लम्कीचुहा– ३ व्यवस्थितनगरमा बसेको थियो । ‘खनाल परिवारले केही वर्षअघि मात्रै व्यवस्थितनगरको जग्गा बिक्री गरेर वडा नम्बर १ स्थित बसपार्कनजिकको ऐलानी जग्गा किनेको थियो,’ उहाँले भन्नु भयो, ‘त्यही जग्गामा खनाल परिवारले घर निर्माण गरिरहेको छ ।’ वडाध्यक्ष खनालले लम्कीमा सांसदको मात्रै नभएर ६० प्रतिशत परिवारको बसोबास ऐलानी जग्गामा रहेको बताउनु भयो ।

 

ऐलानी जग्गा भएकाले सांसद खनालको परिवारले घर निर्माण गर्दा नक्सापास गर्नसकेका थिएनन् । तर, ऐलानी जग्गामा तीनतले घर निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यता सांसद खनालका स्वकीय सचिव हर्क पुनले ऐलानी जग्गामै घर निर्माण भइरहेको स्वीकार्दै जग्गा अतिक्रमण नगरिएको जानकारी दिनु भयो ।

 

‘माननीयज्यूका बुबाआमाले आफ्नो आम्दानीबाट जग्गा खरिद गरेर घर बनाइरहनुभएको हो,’ पुनले भन्नु भयो, ‘घर निर्माणका क्रममा लागेको ऋण बाँकी रहेकोले अहिले पनि माननीयज्यूका आमाबुबा भारतमा रोजगारी गरिरहनुभएको छ ।’ लम्कीमा मात्रै सांसद खनालको जस्तै ऐलानी जग्गामा १६ हजार बढी परिवारको बसोबास रहेको बताउँदै पुनले खनाललाई अनावश्यक विवादमा ल्याउन खोजिएको आरोप लगाउनु भयो।

 

खनाल परिवारले उक्त जग्गा अव्यवस्थित बसोबासमा राख्दै लालपुर्जा लिने प्रक्रिया पनि अगाडि बढाइसकेको बताइएको छ । भूमि समस्या समाधान आयोगमार्फत जग्गा दर्ता गराएर लालपुर्जा पाउने आशमा सांसदको परिवार छ ।

 

कैलालीमा भूमिहीन समस्या समाधानका लागि दर्जन बढी आयोग बने पनि समस्या समाधान हुन सकेको छैन । भूमि समस्या समाधान आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायका अनुसार कैलालीमा १ लाख ४० हजार ३५८ परिवार भूमिहीनले लालपुर्जाका लागि आवेदन समेत दिएका थिए । त्यसमध्ये १ लाख १८ हजार ८१३ अव्यवस्थित बसोबासी छन् भने ७ हजार ६३१ भूमिहीन दलित र १३ हजार ९१४ भूमिहीन सुकुम्बासी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता